काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनदेवीस्थित सम्पर्क कार्यालयमा पुग्दा उनको अगाडि सभापति शेरबहादुर देउवा भन्ने नेमप्लेट राखिएको छ। त्यतिमात्र होइन उनी कोठाभित्र छिर्नुपूर्व बाहिर समेत राखिएको नेमप्लेटमा पनि ुसभापति शेरबहादुर देउवाु भित्र लेखिएको छ।
स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै दोस्रो पटक आइतबार चुनदेवीस्थित आफू नेतृत्वको समूहले १५ औँ महाधिवेशनको तयारी गर्न भन्दै खोलेको कार्यालयमा पुग्दा त्यस्तो देखिएको हो।
देउवा बस्ने मुख्य कुर्सी अगाडिको टेबुलमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेट सजाइएको छ। गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकतालाई सर्वोच्च अदालतको डिभिजन बेञ्चले सदर गरेको थियो।
त्यसविरुद्ध देउवाले दिएको रिटमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको छ । तर, देउवाले विशेष महाधिवेशनबाट आएको समितिलाई नस्वीकारेर आफू नै सभापति भएको नेमप्लेट टेबुलमा राखेर बसेका छन्।
साउन २८ गते स्वास्थ्य उपचार सकेर फर्किएकै दिन देउवा सिधै चुनदेवी पुगेका थिए । आज पार्टीभित्रका जनजाति सङ्घको चियापानमा सहभागी हुन देउवा त्यहाँ पुगेका हुन्।