काठमाडौं । एमाले सचिव महेश बस्नेतले अब एमालेभित्र पार्टी पुनर्गठनको नाममा अध्यक्ष फेर्ने भनेर फैलाइएको हल्ला समाप्त भएको जिकिर गरेका छन् ।
सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको भनाइ उद्धृत गर्दै नेतृत्वको विषयमा बाहिर आएका हल्लाहरूको अन्त्य भएको उनको प्रष्टोक्ति छ ।
उनले भने, ‘एमालेमा अध्यक्ष हटाउने हल्ला बलेसीबाट खसेको पानीको फोकाजस्तै क्षणिक र निराधार भएको ओलीले बताउनुभयो ।’
यसैगरी, महासचिव शंकर पोखरेलले विराटनगरमा अध्यक्ष ओलीलाई फेर्ने भनी फैलाइएका प्रचारबाजी पार्टीको एकता, अनुशासन र संगठनलाई कमजोर बनाउने नियतले फैलाइएको भ्रम मात्र भएको स्पष्ट पारेको बस्नेतले बताएका छन् ।
एमालेले अबको मुख्य कार्यदिशा बालेन सरकारविरुद्ध आन्दोलन सुरू गरिने उनको घोषणा छ ।
महेशले लेखेका छन्, ‘आजका चुनौतीहरूको सामना गर्दै पार्टीलाई एकताबद्ध बनाउँदै वर्तमान जनविरोधी बालेन सरकारविरुद्ध आन्दोलन सुरू गरिनेछ ।’