काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई सामाजिक सञ्जालमार्फत धम्की दिइएको छ ।
सामाजिक सञ्जालमा भट्टराईको घर जलाउने आशयको अभिव्यक्ति सार्वजनिक भएपछि उनले त्यसप्रति आपत्ति जनाउँदै राज्यले समयमै कारबाही गर्नुपर्ने बताएका छन् ।
भट्टराईले फेसबुकमा उक्त अभिव्यक्तिको स्क्रिनसट राख्दै यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर विधिवत् कारबाही गर्न माग गरेका छन् ।
यस्ता अपराधीलाई राज्यले बेलैमा नियन्त्रणमा लिएर विधिवत् कारबाही गरोस्” उनले लेखेका छन् ।
उनले जेनजी विद्रोहको वार्षिकी नजिकिँदै गर्दा प्रतिगामी र राष्ट्रघाती समूहले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताविरुद्ध थप जघन्य अपराध गर्नसक्ने दाबी गरेका छन् ।