शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • बाढी प्रभावित क्षेत्रमा उद्धार जारी, ७ हजार ५१४ जनाको उद्धार : प्रधानमन्त्री शाह
बाढी प्रभावित क्षेत्रमा उद्धार जारी, ७ हजार ५१४ जनाको उद्धार : प्रधानमन्त्री शाह
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, भदौ १४, २०८३
A1 Beakery Add A1 Beakery Add

प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनाको काम नतिजा नआएसम्म निरन्तर जारी रहने बताउनुभएको छ ।

शनिबार सामाजिक सञ्जालमार्फत उहाँले नेपाल सरकार बाढी प्रभावित नागरिकको साथमा रहेको उल्लेख गर्दै उद्धार, खोजी तथा राहतका कामलाई तीव्रता दिइएको जानकारी दिनुभएको हो । विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको भन्दै प्रधानमन्त्री शाहले सरकार घटनाप्रति गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।

उहाँका अनुसार बाढी आएलगत्तै प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँगको समन्वयमा राज्यका सबै संयन्त्र परिचालन गरी प्रभावित नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता बनाइएको उहाँले बताउनुभयो ।

७ हजार ५१४ जनाको उद्धार

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रतिकूल मौसम तथा विकट भौगोलिक परिस्थितिका बाबजुद शनिबार साँझ ५ः३० बजेसम्म प्रभावित क्षेत्रबाट ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ ।

विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको समेत उद्धार भइसकेको छ। बाँकी प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार प्रयास जारी राखेको उहाँले बताउनुभएको छ। उद्धार कार्यमा भारतीय तथा चिनियाँ विज्ञहरू समेत नेपाली सेनासँगको समन्वयमा खटिएका छन्।

उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग भइरहेका छन्। हालसम्म ती हेलिकप्टरले २३६ वटा उडान गरिसकेका छन्।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

उद्धारमा परिचालित सुरक्षाकर्मीको संख्या आवश्यकताअनुसार बढाउँदै लगिएको र थप हेलिकप्टर तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। भौगोलिक अवस्था तथा प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान गर्न कठिनाइ भइरहेको उहाँले उल्लेख गर्नुभएको छ।

उद्धारमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न दैनिक खाजा खर्च तथा प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ।

घाइतेको उपचार र मोबाइल अस्पताल सञ्चालन

सरकारले प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेलाई काठमाडौँका विभिन्न अस्पतालमा ल्याएर उपचार गरिरहेको जनाएको छ।

अन्य घाइतेका लागि रसुवाको धुन्चे तथा नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल सञ्चालन गरिएको छ। काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहितको मेडिकल टोली त्यहाँ पुगेर उपचारमा संलग्न रहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

त्यस्तै, धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल तथा हेली क्षेत्रमा दुई गरी पाँच स्थानबाट चिकित्सकसहितको टोलीले स्वास्थ्य सेवा दिइरहेको उहाँले जानकारी दिनुभएको छ।

घाइते तथा उनीहरूका परिवारका सदस्यलाई मनोपरामर्श सेवा समेत उपलब्ध गराइएको छ।

अस्पतालमा रगतको सहज उपलब्धताका लागि सरकारले ‘रक्त सूचना पोर्टल’ सञ्चालन गरी कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने विवरण सार्वजनिक गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

६७५ शव फेला

प्रधानमन्त्री शाहका अनुसार हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट ६७५ वटा शव फेला परेका छन्।

फेला परेका शवलाई ‘एयरटाइट ब्याग’मा राखेर व्यवस्थापन भइरहेको उहाँले बताउनुभएको छ।

पहिचान हुन नसकेका शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिने जनाइएको छ। पहिचान गर्न नसकिने शवको डिएनए लगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखिने र परिवारले पहिचान गरेका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाइने प्रधानमन्त्री शाहले स्पष्ट पार्नुभएको छ।

१८ वटा राहत शिविर सञ्चालन

उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहको समन्वयमा रसुवामा तीन र नुवाकोटमा १५ गरी १८ वटा राहत शिविर स्थापना गरिएको छ।

बाढीबाट विस्थापित करिब ३ हजार ५०० नागरिकलाई तत्काल बसोबासको व्यवस्था मिलाइएको छ। विद्यालय तथा सार्वजनिक एवं सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

राहतका लागि नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा विभिन्न स्वयंसेवी संस्थाका संयन्त्रसमेत परिचालन गरिएको छ।

राहत सामग्री प्रभावित क्षेत्रमा पठाइँदै

प्रभावित नागरिकका लागि आवश्यक खाद्य तथा गैरखाद्य सामग्री व्यवस्थापनमा सरकार जुटिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेयरहाउस, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र तथा बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री सङ्कलन भइरहेको छ।

सङ्कलित सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याउने काम भइरहेको छ।

त्यहाँबाट धादिङको बैरेनी प्रहरी कार्यालय तथा रसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेकमा राहत सामग्री पुर्‍याइँदै आएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले सुरक्षाकर्मी तथा अन्य सरोकारवालासँगको समन्वयमा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गरिरहेको छ।

शनिबार मात्रै एमआई–१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चे पुर्‍याइएको छ। स्थलमार्गबाट समेत अत्यावश्यक खाद्य तथा गैरखाद्य राहत सामग्री धुन्चे र उत्तरगया गाउँपालिकामा पठाइएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

टेलिफोन सेवा पुनः सञ्चालन हुँदै

बाढीका कारण नेपाल टेलिकम र एनसेलका गरी ६५ वटा बीटीएस टावरको सेवा अवरुद्ध भएको थियो। नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावर प्रभावित भएका थिए।

सरकारले हेलिकप्टर तथा सडकमार्गबाट इन्धन, सोलार प्यानल र जेनेरेटर पुर्‍याएर टावर पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

हालसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन्। बाँकी टावर पनि चाँडै सञ्चालनमा ल्याउने गरी मर्मत भइरहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

सडक सञ्जाल पुनः सञ्चालनमा

बाढीका कारण सडकमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा आवतजावत कठिन बनेको थियो। हाल काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुनेगरी मर्मत गरिएको छ।

उक्त सडकखण्ड खुलेसँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखुको १३ किलोमिटर सडकखण्डमा थुप्रिएको लेदो पन्छाएर राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।

धादिङबेँसी जाने वैकल्पिक सडकसमेत सञ्चालनमा आएको छ। परेवाटार–नेपालटार–गजुरीटार–पीपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएसँगै धादिङबेँसी पुनः सडक सञ्जालसँग जोडिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ।

भिडियाे सामाग्री


प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  ०७:१०
#नेपाल प्रहरी #सशस्त्र प्रहरी #नवलपरासी #चितवन #नेपाली सेना #प्राकृतिक विपत्ति #स्वास्थ्य सेवा #विपद् व्यवस्थापन #तनहुँ #धादिङ
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पक्राउ
नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पक्राउ बिहीबार, असोज २९, २०८३
भन्सार छली गरी ल्याइएको लाखौँ मूल्यको मदिरा बरामद
भन्सार छली गरी ल्याइएको लाखौँ मूल्यको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
गुडिरहेको गाडीमा आगलागी, चालकको सतर्कताले जोगिए २१ यात्रु
गुडिरहेको गाडीमा आगलागी, चालकको सतर्कताले जोगिए २१ यात्रु बिहीबार, असोज २९, २०८३
साइबर ठगी नियन्त्रण गर्न प्रहरी र सेवा प्रदायकबीच सहकार्य, मंसिरदेखि काम सुरु
साइबर ठगी नियन्त्रण गर्न प्रहरी र सेवा प्रदायकबीच सहकार्य, मंसिरदेखि काम सुरु बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री शाहद्वारा पलाञ्चोक भगवतीको दर्शन
प्रधानमन्त्री शाहद्वारा पलाञ्चोक भगवतीको दर्शन बुधबार, असोज २८, २०८३
कोरला नाकाबाट ल्याइएका साढे सात सयभन्दा बढी ईभी मुस्ताङमै रोकिए
कोरला नाकाबाट ल्याइएका साढे सात सयभन्दा बढी ईभी मुस्ताङमै रोकिए बुधबार, असोज २८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP