शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #हुण्डी कारोबार
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • वर्षा र बाढीपछि चुरे क्षेत्रमा भाइरल ज्वरोको जोखिम बढ्यो
वर्षा र बाढीपछि चुरे क्षेत्रमा भाइरल ज्वरोको जोखिम बढ्यो
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, भदौ १८, २०८३
A1 Beakery Add A1 Beakery Add

चुरे क्षेत्रमा भाइरल ज्वरोको प्रकोप, सयौँ परिवार प्रभावित

बर्दिबास, भदौ १८ गते । महोत्तरीको बर्दिबास नगरपालिका–५ लगायत चुरे क्षेत्रका विभिन्न बस्तीमा पछिल्लो दुई सातादेखि भाइरल ज्वरोको समस्या फैलिएको छ। लगातारको वर्षा, बाढी र पहिरोका कारण स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुँदा उपचारमा समस्या देखिएको छ।

चुरे क्षेत्रका प्रभावित बस्तीबाट उपचारका लागि बर्दिबास पुग्न करिब ३० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता छ। उक्त दूरीमध्ये करिब १० किलोमिटर खोलाको बाटो पर्ने भएकाले वर्षाका समयमा आवतजावत झनै कठिन हुने गरेको स्थानीय बताउँछन्।

खोलामा आउने बाढीका कारण बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान तथा स्वास्थ्यकर्मीलाई प्रभावित बस्तीमा पुग्नसमेत समस्या भइरहेको छ। यसले गर्दा बिरामीको संख्या बढ्दै गएको स्थानीयको भनाइ छ।

प्रभावित क्षेत्रमा रुघाखोकी, टाउको तथा शरीर दुख्ने, खान मन नलाग्ने र ज्वरो आउनेलगायतका लक्षण देखिएका छन्। बालबालिकादेखि वृद्धवृद्धासम्ममा यस्ता समस्या देखिएको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन्।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

बर्दिबास नगरपालिका–५ का वडाध्यक्ष कहारमान स्याँवाका अनुसार बरडाँडा, ढुङ्ग्रे, गढन्ता, टुटेश्वर र चेरुलगायत बस्तीमा ठूलो संख्यामा मानिस बिरामी परेका छन्। उहाँका अनुसार वडाका विभिन्न बस्तीमा गरी करिब दुईदेखि तीन सय जना भाइरल ज्वरोबाट प्रभावित भएको अनुमान गरिएको छ।

भाइरल ज्वरोको असर विद्यालयमा समेत परेको छ। बरडाँडास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक विल्टु यादवका अनुसार विद्यालयका करिब ७५ प्रतिशत विद्यार्थी ज्वरोबाट प्रभावित भएका छन्। बिरामी विद्यार्थीको संख्या बढेपछि नियमित पठनपाठन प्रभावित भएको उहाँले बताउनुभयो।

नगर स्वास्थ्य अधिकृत सुरेश पासवानका अनुसार मौसममा केही सुधार आएपछि बुधबार स्वास्थ्यकर्मीको टोली ट्र्याक्टरमार्फत प्रभावित क्षेत्रमा पुगेको थियो। टोलीले बरडाँडामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा मात्रै २६ महिला र ३३ पुरुष गरी ५९ जना भाइरल ज्वरोबाट प्रभावित भएको पाइएको थियो।

शिविरमा पुगेका बिरामीलाई स्वास्थ्य परामर्शसँगै निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै गएमा संक्रमण नियन्त्रणमा ल्याउन सहयोग पुग्ने स्वास्थ्यकर्मीको अपेक्षा छ।

बर्दिबास–१० का वडाध्यक्ष प्रमोद मोक्तानसमेत एक सातादेखि भाइरल ज्वरोका कारण बिरामी परेको बताउनुभएको छ। उहाँका अनुसार स्वास्थ्यमा केही सुधार भए पनि अझै कमजोरी कायमै छ।

वडा नं. १० स्थित आधारभूत स्वास्थ्य इकाइका अहेव जीतबहादुर श्रेष्ठका अनुसार भदौ १ देखि १६ गतेसम्म उपचारका लागि स्वास्थ्य इकाइमा आएका २०२ जनामध्ये करिब एक सय जनामा भाइरल ज्वरोका लक्षण देखिएका थिए।

यसैगरी बर्दिबास–११ को उत्तरी खयरमारादेखि छोड्केसम्मका बस्तीमा पनि भाइरल ज्वरोको समस्या देखिएको खयरमारा स्वास्थ्य चौकीका प्रमुख रामवली यादवले जानकारी दिनुभयो।

स्थानीयले चुरे क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर रहेकाले प्रभावित बस्तीमा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्न, आवश्यक औषधिको पर्याप्त व्यवस्था गर्न तथा स्वास्थ्यकर्मीको सहज पहुँच सुनिश्चित गर्न माग गरेका छन्। लगातारको वर्षा र खोलामा आउने बाढीका कारण सडक तथा यातायात प्रभावित भइरहेकाले दुर्गम बस्तीका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन विशेष व्यवस्था आवश्यक रहेको स्थानीयको भनाइ छ।


प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ११:४०
#स्वास्थ्य समस्या
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
दसैँमा मदिरा सेवन गर्दै हुनुहुन्छ? औषधिसँगको अन्तरक्रियाले बढाउन सक्छ स्वास्थ्य जोखिम
दसैँमा मदिरा सेवन गर्दै हुनुहुन्छ? औषधिसँगको अन्तरक्रियाले बढाउन सक्छ स्वास्थ्य जोखिम आइतबार, कात्तिक १, २०८३
दसैँको भोजमा मासु खाँदै हुनुहुन्छ ? स्वास्थ्यका लागि यी कुरामा ध्यान दिनुहोस्
दसैँको भोजमा मासु खाँदै हुनुहुन्छ ? स्वास्थ्यका लागि यी कुरामा ध्यान दिनुहोस् आइतबार, कात्तिक १, २०८३
दसैँमा जथाभावी औषधि सेवन नगर्न चिकित्सकको सुझाव, नियमित औषधि छुट्दा बढ्न सक्छ जोखिम
दसैँमा जथाभावी औषधि सेवन नगर्न चिकित्सकको सुझाव, नियमित औषधि छुट्दा बढ्न सक्छ जोखिम आइतबार, कात्तिक १, २०८३
सल्यानमा स्क्रब टाइफसको त्रास, ७८५ जनामा संक्रमण पुष्टि, नौ जनाको मृत्यु
सल्यानमा स्क्रब टाइफसको त्रास, ७८५ जनामा संक्रमण पुष्टि, नौ जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
यात्रामा पिसाब रोक्ने बानीले बढाउन सक्छ सङ्क्रमणको जोखिम
यात्रामा पिसाब रोक्ने बानीले बढाउन सक्छ सङ्क्रमणको जोखिम बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
गीतामन्दिरमा धुमधामका साथ दुर्गा पूजा मनाइँदै
गीतामन्दिरमा धुमधामका साथ दुर्गा पूजा मनाइँदै वीरगंज सिटी
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ वीरगंज सिटी
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ?
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ? वीरगंज सिटी
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित)
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित) वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद वीरगंज सिटी
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP