बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया मञ्जु बञ्जारा रहेकी छन् ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ बजे घरअगाडि काम गरिरहेको अवस्थामा बञ्जारालाई सर्पले डसेको थियो। सर्पले डसेपछि अवस्था असहज बनेकी उनलाई परिवारजनले तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्याएका थिए ।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
सर्पदंशपछि समयमै अस्पताल पुर्याइए पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
चिकित्सकहरूले ग्रामीण तथा आवासीय क्षेत्रमा घरवरपर काम गर्दा सावधानी अपनाउन र सर्पले डसेमा घरेलु उपचार नगरी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्याउन आग्रह गर्दै आएका छन् ।