शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #अनियमितता
  • #पारदर्शिता
  • #मधेश
  • #सार्वजनिक खर्च
  • #महालेखापरीक्षक
  • #सार्वजनिक सम्पत्ति
  • #बारागढी गाउँपालिका
  • #कुटपिट प्रकरण
  • #अंकित जालान
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, कात्तिक १८, २०८३
A1 Beakery Add A1 Beakery Add

काठमाडौँ कीर्तिपुरको क्रिकेट रङ्गशालामा जारी नेपाल प्रेमियर लिग (एनपिएल) क्रिकेटमा यतिबेला सबैको प्यारो नाम बन्नुभएको छ राहुल यादव । 

यादवलाई क्रिकेटर तथा क्रिकेट समर्थकले ‘फ्युचर अफ नेपाली क्रिकेट’ भन्न थालिसकेका छन् । त्यसो भन्नु पनि स्वाभाविक नै हो । नेपाली राष्ट्रिय व्रिmकेट टिमबाट बर्सौंदेखि क्रिकेट खेल्दै आएका बलरहरू भन्दा रौतहटका राहुलले धारिलो बलिङ गर्दै अहिले सबैको ध्यान तानिरहेका छन् । ‘ट्यालेन्ट हन्ट’ बाट जनकपुर बोल्ट्समा आबद्ध भएर तेस्रो संस्करणको एनपिएल खेलिरहेका राहुलको जीवनी झन् चाख लाग्दो छ । 

१६ वर्षीय राहुल रौतहटको बौधीमाई नगरपालिका–१, अजगैवी गाउँका स्थानीय हुनुहुन्छ । राहुलको पारिवारिक अवस्था असाध्य दयनीय छ । गाउँमा बाँसको बेराघेरा र टायलले छाएको अत्यन्त जीर्ण कच्ची घर छ । बुवा वीरबहादुर र आमा पनापति देवीले खेतीकिसानी गरेर राहुलको पालनपोषण गर्नुहुन्छ । 

राहुलको जेठो दाइ कमलेश रुपन्देहीमा स्वास्थ्यकर्मीका रूपमा काम गर्नुहुन्छ भने दिदी सकुन्तलाको विवाह भइसकेको छ । घरमा राहुल र उहाँका बुवा, आमा मात्र बस्नुहुन्छ । राहुलको परिवारमा कच्ची घर र गाउँमै १२ कट्ठा जग्गा छ । कक्षा ९ मा पढ्ने राहुलले विगत चार वर्षदेखि रौतहटम आयोजना भएका विभिन्न व्रिmकेट प्रतियोगितामा सहभागिता जनाउँदै आएको दाइ कमलेशले बताउनुभयो । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

भत्किन लागेको कच्ची घरमा राहुलले विभिन्न प्रतियोगितामा जितेका सिल्ड, मेडल र प्रमाणपत्रहरू प्रशस्त छन् । भत्किन लागेको झुपडीमा अहिले एनपिएलमा राहुलको प्रदर्शन र प्रशंसाका कारण उल्लास छाएको छ । राहुलका बुवा वीरबहादुरले सुरु सुरुमा छोराले व्रिmकेट खेलका लागि जिद्दी गर्दा चिन्ता लागे पनि अहिले एकाएक उत्कृष्ट खेल पस्किएर चर्चा कमाउँदा असाध्य खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आर्थिक स्थिति कमजोर भएकाले उसले भने जस्तो क्रिकेट खेल्न सहयोग गर्न सकिएको थिएन । जग्गा बेचेर भए पनि खेल्छुभन्दा बिग्रने भो भन्ने चिन्ता लाथ्यो तर आज जुन किसिमले प्रशंसा बटुलिरहेको छ, त्यसमा हामी असाध्य हर्षित छौँ ।”

वीरबहादुरका अनुसार एनपिएलमा देखाएको खेल कौशलपछि राहुलको घर हेर्न र उहाँकाबारे बुझ्न अहिले धेरै मानिस आइरहन्छन् । राहुलको घर मात्र कच्ची छैन, त्यहाँसम्म पुग्न गौर–गरुडा सडकको जयनगर चोकबाट करिब १५ किलोमिटरजति पश्चिमतर्फ दयनीय सडक भएर पुग्नु पर्छ । 

अजगैवी गाउँबाट राहुलको घरसम्म पुग्ने अत्यन्त साँघुरो र जीर्ण सडक छ । राहुलको परिवारले अहिले उहाँको छलाङ देखेर सबै दुःखकष्ट भुलेका छन् भने यसअघि राखेका प्रस्ताव स्वीकार गर्न नसकेकाप्रति पश्चाताप मानिरहेको छ । आमा पनापतिले छोराको प्रगतिपछि छरछिमेकी, गाउँले सबैले तारिफ गर्न थालेका बताउनुभयो । उहाँले भन्नुभयो, “छोराले क्रिकेटमा राम्रो गरेपछि अहिले त छरछिमेकी र गाउँले सबैले बधाई मात्र भन्छन् । सबैजना हाँसी खुसी बोल्न थालेका छन् ।” 

राहुलले एनपिएलको जारी संस्करणमा तीन खेल खेल्दा छ विकेट लिइसक्नुभएको छ । राहुलको प्रभावशाली खेलका कारण उहाँका साथीभाइ, गाउँलेसँगै व्रिmकेटमा प्रोत्साहन गर्नेहरू निकै उत्साहित छन् । उहाँले रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित कोटीहोम मैदानमा आएर अभ्यास गर्ने गर्नुहुन्छ । जनकपुर बोल्ट्सले उदयीमान खेलाडीका रूपमा राहुललाई छनोट गरेर लाँदादेखि नै खुसी रहेका चन्द्रपुरका व्रिmकेटर देवराज कार्की राहुललाई नेपाली व्रिmकेटको भविष्यका रूपमा चित्रण गर्नुहुन्छ । 

कार्कीकै पहलमा गत असोज २२ गते चन्द्रपुरमा भएको ट्यालेन्ट हन्ट कार्यव्रmममा राहुल छनोट हुनुभएको थियो । कार्कीले भन्नुभयो, “हेर्दै जानूस्, राहुल एक दिन नेपालको वेस्ट बलरका रूपमा उदाउँछ । हामीले त छिट्टै राष्ट्रिय टिममा मौका पाउने आधार देखिसकेका छौँ ।” राहुल अत्यन्त कडा प्रतिस्र्पा गर्ने खेलाडी रहेका प्रशिक्षक कार्कीको भनाइ छ । मध्यगतिका बलर राहुलले स्थानीयस्तरमा आयोजना हुने प्रतियोगितामा विपक्षी टिमको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने गरेको कार्कीको भनाइ छ । 

डेब्यु एनपिएलमै तहल्का मच्चाएका राहुल निखारिँदै जाँदा खतरनाक बलर बनेर निस्कने कार्कीले विश्वास व्यक्त गर्नुभएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  १२:१२
#मधेश प्रदेश #नेपाली क्रिकेट #नेपाल प्रिमियर लिग #जनकपुर बोल्ट्स #क्रिकेट प्रतिभा #एनपिएल #युवा क्रिकेटर #बौधीमाई नगरपालिका #राहुल यादव #रौतहट क्रिकेट
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप खेलकुद
जनकपुरलाई २ रनले हराउँदै विराटनगरको रोमाञ्चक जित
जनकपुरलाई २ रनले हराउँदै विराटनगरको रोमाञ्चक जित मंगलबार, कात्तिक १७, २०८३
इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले दियो १७५ रनको लक्ष्य
इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले दियो १७५ रनको लक्ष्य मंगलबार, कात्तिक १७, २०८३
टस जित्दै जनकपुर बोल्ट्सले विराटनगरविरुद्ध बलिङ रोज्यो
टस जित्दै जनकपुर बोल्ट्सले विराटनगरविरुद्ध बलिङ रोज्यो मंगलबार, कात्तिक १७, २०८३
एनपिएलले बढायो आर्थिक गतिविधि, बजारदेखि पर्यटन क्षेत्रसम्म उत्साह
एनपिएलले बढायो आर्थिक गतिविधि, बजारदेखि पर्यटन क्षेत्रसम्म उत्साह मंगलबार, कात्तिक १७, २०८३
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, जितको खाता खोल्यो
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, जितको खाता खोल्यो सोमबार, कात्तिक १६, २०८३
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै सोमबार, कात्तिक १६, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
पटाकासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा
पटाकासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
चाँदीजस्तो देखिने धातुका सामानसहित दुई जना वीरगंजबाट पक्राउ
चाँदीजस्तो देखिने धातुका सामानसहित दुई जना वीरगंजबाट पक्राउ वीरगंज सिटी
करोडौँको लगानीमा बनेका वीरगंज फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले स्थानीय हैरान (भिडियो रिपोर्ट सहित)
करोडौँको लगानीमा बनेका वीरगंज फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले स्थानीय हैरान (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
छठ पर्वअघि सिर्सिया नदी सफाइ र प्रदूषण नियन्त्रण अभियान तीव्र
छठ पर्वअघि सिर्सिया नदी सफाइ र प्रदूषण नियन्त्रण अभियान तीव्र वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
खेलकुद
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनकपुरलाई २ रनले हराउँदै विराटनगरको रोमाञ्चक जित
जनकपुरलाई २ रनले हराउँदै विराटनगरको रोमाञ्चक जित वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP