वीरगंजमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको आशंकामा ठूलो परिमाणमा औषधि तथा खाद्यान्न सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६ स्थित इनर्वा र छपकैयाबाट प्रहरीले २० लाख ८१ हजार २२० रुपैयाँ मूल्य बराबरका औषधि तथा खाद्यान्न सामग्री नियन्त्रणमा लिएको हो ।
भन्सार राजस्व छली गरी भारतबाट ल्याइएको आशंकामा बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ ।