शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #सागरकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालमा क्यान्सरका बिरामी बढ्दै, कुन क्यान्सर सबैभन्दा धेरै ?
नेपालमा क्यान्सरका बिरामी बढ्दै, कुन क्यान्सर सबैभन्दा धेरै ?
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज २६, २०८३
A1 Beakery Add A1 Beakery Add

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर रोग पुष्टि हुने नयाँ बिरामीको अनुपात बढेको छ। अस्पतालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा ओपीडीमा आएका नयाँ बिरामीमध्ये २५.१७ प्रतिशतमा क्यान्सर पुष्टि भएको छ। सन् २०२४ मा यस्तो अनुपात २२.२० प्रतिशत थियो ।

अस्पतालका डा. सुशील अधिकारीका अनुसार सन् २०२५ मा ओपीडीमा आएका २७ हजार २४३ नयाँ बिरामीमध्ये ६ हजार ८५८ जनामा क्यान्सर पुष्टि भएको थियो। सन् २०२४ मा ३१ हजार ५६० नयाँ बिरामीमध्ये ७ हजार ९ जनामा क्यान्सर देखिएको थियो ।

तथ्याङ्कअनुसार सन् २०२५ मा नयाँ बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटे पनि क्यान्सर पुष्टि हुने बिरामीको अनुपात भने बढेको छ । अस्पतालमा आउने सबै बिरामीमध्ये नयाँ र पुनः परीक्षणका लागि आउने बिरामीसमेत छन्। सन् २०२५ मा अस्पतालको ओपीडीबाट कुल २ लाख १२ हजार ९७७ जनाले सेवा लिएका थिए भने सन् २०२४ मा यो सङ्ख्या २ लाख ४ हजार ९७१ थियो ।

फोक्सोको क्यान्सर सबैभन्दा धेरै

Add Sarwotam HospitalAdd Sarwotam Hospital

अस्पतालको तथ्याङ्कअनुसार सन् २०२५ मा पहिचान भएका नयाँ क्यान्सरका बिरामीमध्ये सबैभन्दा धेरै फोक्सोको क्यान्सरका छन्। पुरुष ३८० र महिला ३७९ गरी ७५९ जनामा फोक्सोको क्यान्सर पुष्टि भएको थियो ।

दोस्रो स्थानमा स्तनको क्यान्सर रहेको छ। गत वर्ष ७११ महिला र २० पुरुष गरी ७३१ जनामा स्तनको क्यान्सर पुष्टि भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, ६२२ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको थियो। यसबाहेक पित्तथैली तथा पित्तनलीको क्यान्सर ३७७ जना, आमाशयको क्यान्सर ३५६ जना र रक्त तथा बोनम्यारोसम्बन्धी क्यान्सर ३५३ जनामा पुष्टि भएको थियो ।

अस्पतालमा गत वर्ष ५१ प्रकारका क्यान्सरका बिरामी उपचारका लागि आएका थिए। पाठेघरको मुख र स्तनको क्यान्सरबाहेक अधिकांश प्रकारका क्यान्सरमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी देखिएको अस्पतालको विवरणमा उल्लेख छ ।

पुरुषमा पनि स्तन क्यान्सर

स्तनको क्यान्सर महिलामा मात्र हुने रोग होइन भन्ने तथ्य अस्पतालको पछिल्लो विवरणले पनि देखाएको छ। सन् २०२५ मा २० जना पुरुषमा स्तनको क्यान्सर पुष्टि भएको थियो। सन् २०२३ मा यस्तो सङ्ख्या १० थियो ।

चिकित्सकहरूका अनुसार सहरी जीवनशैली, खानपान, सुर्तीजन्य पदार्थको प्रयोग, प्रदूषण तथा रासायनिक मल र कीटनाशक विषादीको प्रयोगसँग सम्बन्धित जोखिमले क्यान्सरको जोखिम बढाउन सक्छ। सुर्तीजन्य पदार्थको प्रयोग क्यान्सरका प्रमुख जोखिम कारकमध्ये एक मानिन्छ।

महिलामा पनि क्यान्सरको भार उच्च

फोक्सोको क्यान्सरमा पुरुष र महिलाको सङ्ख्या लगभग बराबर देखिएको छ। स्तनको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले पनि महिलाको स्वास्थ्यमा ठूलो असर पारिरहेको तथ्याङ्कले देखाउँछ ।

चिकित्सकहरूले समयमै परीक्षण, जोखिम घटाउने व्यवहार र लक्षण देखिएमा स्वास्थ्य संस्थामा जाँच गराउनुपर्नेमा जोड दिँदै आएका छन्। विशेषगरी स्तनमा गाँठो देखिनु, लामो समयसम्म खोकी लाग्नु, असामान्य रक्तस्राव हुनु वा शरीरमा असामान्य परिवर्तन देखिनुजस्ता लक्षणलाई बेवास्ता नगर्नु आवश्यक हुन्छ ।

चितवनका बिरामी सबैभन्दा धेरै

भरतपुरस्थित क्यान्सर अस्पतालमा देशका ७७ वटै जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालको सन् २०२५ को तथ्याङ्कअनुसार नयाँ बिरामीमध्ये सबैभन्दा धेरै ४ हजार ४१५ जना चितवनका थिए ।

त्यस्तै, रुपन्देहीका १ हजार ३७३, नवलपुरका १ हजार २४४, बाराका १ हजार १८६, दाङका १ हजार १०७ र सर्लाहीका १ हजार १७७ जना नयाँ बिरामी अस्पताल आएका थिए। धनुषाका ९०८ जना र मकवानपुरका ९९३ जना पनि उपचारका लागि आएका थिए ।

क्यान्सर पुष्टि भएका बिरामीमध्ये चितवनका ५६५, रुपन्देहीका ४६३, नवलपुरका २५६, दाङका २५५, धनुषाका २४१ र सर्लाहीका २१५ जना थिए। भारतबाट उपचारका लागि आएका १९५ जनामा पनि क्यान्सर पुष्टि भएको थियो ।

अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार देशभरका क्यान्सरका बिरामीमध्ये ठूलो हिस्सा भरतपुरस्थित अस्पतालमा उपचारका लागि आउने गरेको छ। उनका अनुसार एकीकृत विशिष्ट सेवा उपलब्ध भएकाले टाढाका जिल्लाबाट समेत बिरामी यहाँ रिफर भएर आउने गरेका छन् ।

विपन्न बिरामीलाई ४३ करोडभन्दा बढीको उपचार छुट

अस्पतालले सन् २०२५ मा १० हजार ९२० जना विपन्न बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको जनाएको छ। उनीहरूको उपचारमा ४३ करोड १२ लाख १४ हजार १६१ रुपैयाँ बराबरको छुट प्रदान गरिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ।

५०० शय्याको अस्पतालमा आईसीयू, एचडीयू र क्याबिनबाहेकका जनरल बेड निःशुल्क उपलब्ध गराइँदै आएको छ। अस्पतालमा भर्ना भएका बिरामीलाई दुई छाक खाना र एक छाक नास्तासमेत निःशुल्क दिइने निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले जानकारी दिएका छन्।

सन् २०२५ मा अस्पतालमा ३ हजार ९१ ठूला शल्यक्रिया भएका थिए। आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएका थिए भने ११ हजार ५५९ जना भर्ना भएर उपचार गराएका थिए। दैनिक २२० देखि २४० जनासम्मलाई रेडियोथेरापी सेवा दिइने अस्पतालले जनाएको छ।

अस्पतालमा चीन सरकारको सहयोगमा बोनम्यारो प्रत्यारोपण परियोजना सुरु गर्ने तयारीसमेत भइरहेको छ। क्यान्सरको उपचारसँगै परीक्षण, रोकथाम र जनचेतनामूलक कार्यक्रमलाई पनि अस्पतालले प्राथमिकता दिँदै आएको छ।

क्यान्सरका बिरामीको अनुपात बढिरहेको तथ्याङ्कले रोगको समयमै पहिचान, उपचारमा सहज पहुँच र रोकथामसम्बन्धी जनचेतनाको आवश्यकता देखाएको छ। यद्यपि, एउटै अस्पतालमा आउने बिरामीको तथ्याङ्कले मात्र देशभर क्यान्सरको दर कति बढेको छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन।


प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ११:१९
#चितवन #क्यान्सर #क्यान्सर उपचार #स्वास्थ्य सचेतना #भरतपुर #स्वास्थ्य समाचार #निःशुल्क उपचार #स्तन क्यान्सर #बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल #क्यान्सरका बिरामी #फोक्सोको क्यान्सर #पाठेघरको मुखको क्यान्सर #क्यान्सर परीक्षण #विपन्न बिरामी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
तीस लाख नेपालीलाई बाथरोगको समस्या
तीस लाख नेपालीलाई बाथरोगको समस्या सोमबार, असोज २६, २०८३
दसैँमा लामो यात्रा गर्दै हुनुहुन्छ? साथमा राख्नुहोस् यी औषधि
दसैँमा लामो यात्रा गर्दै हुनुहुन्छ? साथमा राख्नुहोस् यी औषधि सोमबार, असोज २६, २०८३
रिकण्डीसन अटो व्यवसायी सङ्घका सदस्यले स्वास्थ्य उपचारमा छुट पाउने
रिकण्डीसन अटो व्यवसायी सङ्घका सदस्यले स्वास्थ्य उपचारमा छुट पाउने आइतबार, असोज २५, २०८३
दसैं बिदामा पनि खुला रहने बीरगंज उच्च अदालत
दसैं बिदामा पनि खुला रहने बीरगंज उच्च अदालत आइतबार, असोज २५, २०८३
दसैँको स्वाद पनि, स्वास्थ्यको ख्याल पनि: मासु, मदिरा र फ्याटी लिभरबाट कसरी जोगिने ?
दसैँको स्वाद पनि, स्वास्थ्यको ख्याल पनि: मासु, मदिरा र फ्याटी लिभरबाट कसरी जोगिने ? आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा बाढीले ठूलो क्षति, स्वास्थ्य मन्त्रालयद्वारा प्रारम्भिक विवरण सार्वजनिक
बूढीगण्डकीमा बाढीले ठूलो क्षति, स्वास्थ्य मन्त्रालयद्वारा प्रारम्भिक विवरण सार्वजनिक आइतबार, असोज २५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? वीरगंज सिटी
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो वीरगंज सिटी
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP