काठमाडौं । प्रतिनिधि सभामा सांसदहरूले नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङलाई जिरो नम्बर दिएर हटाउनले चलखेलमा लागेकाे प्रति तीव्र आलोचना गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले घिसिङलाई पुनः प्राधिकरणको नेतृत्वमा नराख्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरे । उनले "राम्रा काम गर्ने व्यक्तिहरूलाई किन हटाइँदैछ?" भन्ने प्रश्न गर्दै सरकारको निर्णयको खुलेर विरोध गरे ।
सांसद झाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको नेतृत्वमा नराखेर सरकारले राजनीतिक भागबन्डाका आधारमा कर्मचारी नियुक्त गर्न खोजेको आरोप लगाए । उनले भने, "देशलाई अन्धकारबाट उज्यालोतर्फ ल्याउने मान्छेलाई सरकारले किन हटाउन खाेज्दैछ" प्रश्न गरे ।
उदयपुर सिमेन्टका कर्मचारीको अवकाश भत्ता रोकिनु आपत्तिजनक
सांसद झाले उदयपुर सिमेन्ट उद्योगमा कार्यरत ३०३ जना कर्मचारीहरू अवकाश प्राप्त गरिसकेको भए पनि उनीहरूले अझै भत्ता नपाएको विषय सदनमा उठाएका छन् ।
उनले कतिपय कर्मचारी मरेर गए, तर पनि सरकारले उनीहरूको रकम भुक्तानी गरेको छैन । सरकारलाई तत्काल समाधान निकाल्न आग्रह उनले गरे ।