शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #धरौटीमा रिहा
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • बैंकिङ सेवामा समस्या परे कहाँ उजुरी गर्ने ? ग्राहकलाई सिकाउँदै राष्ट्र बैंक
बैंकिङ सेवामा समस्या परे कहाँ उजुरी गर्ने ? ग्राहकलाई सिकाउँदै राष्ट्र बैंक
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, असोज २७, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ग्राहकको अधिकार संरक्षण भए–नभएको विषयमा अनुगमन तथा सुपरिवेक्षण सुरु गरेको छ । बैंकिङ सेवामा पारदर्शिता, निष्पक्ष व्यवहार र ग्राहकको गोपनीयता सुनिश्चित गर्न केन्द्रीय बैंकले ‘मार्केट कन्डक्ट सुपरिवेक्षण’ अघि बढाएको हो ।

राष्ट्र बैंकका निर्देशक सुशील पौडेलका अनुसार वाणिज्य बैंकहरूमा ग्राहक अधिकार संरक्षणसम्बन्धी स्थलगत सुपरिवेक्षण सम्पन्न भइसकेको छ। यसको प्रतिवेदन तयार हुन भने केही समय लाग्ने उनले बताए ।

पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई सेवा प्रदान गर्दा पर्याप्त सूचना दिनुपर्ने, निष्पक्ष व्यवहार गर्नुपर्ने र व्यक्तिगत तथा वित्तीय विवरणको गोपनीयता कायम राख्नुपर्ने हुन्छ । ग्राहकलाई बैंकले दिने सेवाको गुणस्तर र बैंकले गर्ने व्यवहारसमेत नियामकीय दायराभित्र पर्ने विषयमा सचेत गराउन सुपरिवेक्षण सुरु गरिएको उनले बताए ।

‘बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग गर्ने व्यवहार, पर्याप्त जानकारी उपलब्ध गराए–नगराएको, सेवा तथा शुल्कका सर्त स्पष्ट पारे–नपारेको र ग्राहकले खोजेको सेवा पाए–नपाएको विषयमा अनुगमन गरिन्छ,’ पौडेलले भने ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

ग्राहकको अनुमतिविना सेवा दिए शुल्क लिन नपाइने

राष्ट्र बैंकले ग्राहकको अनुमतिविना बैंक तथा वित्तीय संस्थाले एकतर्फी रूपमा कुनै पनि वित्तीय सेवा उपलब्ध गराउन नपाउने व्यवस्था गरेको छ। ग्राहकको अनुमतिविना उपलब्ध गराइएको सेवाबापत शुल्क लिएको पाइएमा उक्त शुल्कको १० प्रतिशत थप रकमसहित ग्राहकको खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई स्पष्ट जानकारी नदिई शुल्क लिने, नियमविपरीत प्रिमियम बढाउने वा ब्याजदर तथा अन्य सर्तमा अस्पष्टता कायम गर्ने जस्ता अभ्यास रोक्न पनि यस्तो सुपरिवेक्षणले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकले ग्राहकसँग निष्पक्ष व्यवहार भए–नभएको अनुगमन गर्नुका साथै नियमविपरीत रकम असुल गरेको पाइएमा ग्राहकलाई रकम फिर्ता गराउने तथा सम्बन्धित संस्थालाई जरिबाना र हर्जाना लगाउने कारबाहीसमेत गर्न सक्छ ।

गुनासो कहाँ गर्ने ?

बैंक तथा वित्तीय संस्थाबाट समस्या भोगेका ग्राहकले सुरुमा सम्बन्धित बैंकको गुनासो सुनुवाइ अधिकारीसमक्ष उजुरी गर्न सक्छन्। त्यहाँबाट समाधान नभए राष्ट्र बैंकको गुनासो सुनुवाइ एकाइमा पुग्न सकिने व्यवस्था छ। एकाइबाट पनि समाधान हुन नसकेमा विषयलाई गुनासो सुनुवाइ समितिमा पठाउन सकिने राष्ट्र बैंकका निर्देशक पौडेलले बताए ।

राष्ट्र बैंकले ग्राहकलाई आफ्ना समस्या तथा गुनासो सिधै राख्न सक्ने अनलाइन पोर्टलसमेत सञ्चालनमा ल्याएको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नै संस्थाभित्र गुनासो सुनुवाइ अधिकारी र सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

तर, अदालतमा मुद्दा पुगेर फैसला भइसकेको विषयमा राष्ट्र बैंकमार्फत पुनः समाधान खोज्न नसकिने पौडेलले स्पष्ट पारे ।

राष्ट्र बैंकमा आउने गुनासोमध्ये कर्जा भुक्तानीका लागि समय माग गर्ने, कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गरिदिन आग्रह गर्ने, बढी ब्याजदर लिएको तथा विभिन्न शीर्षकमा बढी शुल्क असुल गरिएको भन्ने गुनासा प्रमुख रहेको उनले बताए। यस्ता विषयमा ऋणीको अवस्था र परियोजनाको स्थितिसमेत समीक्षा गरी सम्बन्धित बैंकलाई आवश्यक सुझाव दिने गरिएको उनको भनाइ छ ।

डिजिटल कारोबार बढेसँगै ग्राहक अधिकार संरक्षणमा चुनौती

वित्तीय प्रविधि र डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा अनलाइन ठगी, डिजिटल वित्तीय अपराध र गलत कारोबार नियन्त्रण गर्नु पनि चुनौती बनेको छ। यस्तो अवस्थामा ग्राहकको अधिकार संरक्षणका लागि नियामकीय निगरानी अझ महत्त्वपूर्ण हुने राष्ट्र बैंकको बुझाइ छ ।

ग्राहकको वित्तीय साक्षरताको कमी, अत्यधिक ऋणभार, आम्दानी र खर्चबीचको असन्तुलन, बेरोजगारी तथा डिजिटल प्रविधि प्रयोग गर्ने क्षमताको कमीले पनि ग्राहक अधिकार जोखिममा पर्न सक्छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट अपूर्ण सूचना, गलत परामर्श, असन्तुष्टिजनक कर्जा असुली र ग्राहकको आवश्यकतासँग नमिल्ने वित्तीय सेवा प्रदान गरिएमा ग्राहकले समस्या भोग्नुपर्ने अवस्था आउन सक्छ ।

राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरतासम्बन्धी निर्देशन जारी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको छ। त्यसैले ‘मार्केट कन्डक्ट सुपरिवेक्षण’ मार्फत निर्देशनको कार्यान्वयन अवस्था परीक्षण गरी ग्राहकको हित संरक्षणमा जोड दिइएको पौडेलले बताए । 

बैंक तथा वित्तीय संस्थाले ग्राहकको आवश्यकता र कर्जा तिर्न सक्ने क्षमताको मूल्यांकन गरेर मात्र सेवा तथा कर्जा उपलब्ध गराउनुपर्नेमा पनि राष्ट्र बैंकले जोड दिएको छ ।

ग्राहकलाई आफ्नो अधिकार र जिम्मेवारीबारे सचेत बनाउने, बैंकिङ सेवासम्बन्धी पर्याप्त सूचना उपलब्ध गराउने र गुनासोको प्रभावकारी सुनुवाइ सुनिश्चित गर्ने उद्देश्यले राष्ट्र बैंकले वित्तीय साक्षरता कार्यक्रम, जनचेतनामूलक सन्देश तथा नियामकीय अनुगमनलाई निरन्तरता दिँदै आएको छ ।


प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १३:५८
#नेपाल राष्ट्र बैंक #बैंक तथा वित्तीय संस्था #ब्याजदर #वित्तीय साक्षरता #बैंकिङ सेवा #बैंकिङ ग्राहक अधिकार #ग्राहक संरक्षण #मार्केट कन्डक्ट सुपरिवेक्षण #बैंकिङ गुनासो
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
घर बगाएको बाढीले, टेन्टमै बिताउनुपर्ने भयो दशैं–तिहार
घर बगाएको बाढीले, टेन्टमै बिताउनुपर्ने भयो दशैं–तिहार मंगलबार, असोज २७, २०८३
देशभर सुरक्षा व्यवस्था कडा पारियो, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देशभर सुरक्षा व्यवस्था कडा पारियो, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन मंगलबार, असोज २७, २०८३
उखु किसानले भुक्तानी पाउन कात्तिकभित्र सूचीकृत हुनुपर्ने
उखु किसानले भुक्तानी पाउन कात्तिकभित्र सूचीकृत हुनुपर्ने मंगलबार, असोज २७, २०८३
विश्वभरका अर्थमन्त्री सहभागी हुने वार्षिक बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान
विश्वभरका अर्थमन्त्री सहभागी हुने वार्षिक बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान मंगलबार, असोज २७, २०८३
किसानलाई राहत दिन न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दै सरकार
किसानलाई राहत दिन न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दै सरकार मंगलबार, असोज २७, २०८३
इजरायल पठाइदिने भन्दै ठगी, मन्त्रिपरिषद्कै निर्णय नक्कली बनाइयो
इजरायल पठाइदिने भन्दै ठगी, मन्त्रिपरिषद्कै निर्णय नक्कली बनाइयो मंगलबार, असोज २७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो वीरगंज सिटी
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे वीरगंज सिटी
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP