प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँको चौथो दिन आज काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजा–अर्चना गरी दर्शन गरेका छन् ।
पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री शाह बिहान १० बजे भगवतीको दर्शनका लागि मन्दिर पुगेका थिए ।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि पलाञ्चोक भगवती मन्दिर पुगेका थिए ।