इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा टोटनहमले चेल्सीलाई २–० गोलले पराजित गरेको छ ।
कोल पाल्मरले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित चेल्सीविरुद्ध टोटनहमले आत्मघाती गोल र म्याथेस टेलको गोलमा जित निकालेको हो। स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका गोलरक्षक माइक पेन्डर्सको आत्मघाती गोलबाट टोटनहमले अग्रता लिएको थियो। त्यसपछि म्याथेस टेलले गोल गर्दै टोटनहमको जित सुनिश्चित गरे।
खेलमा कोल पाल्मरले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै टोटनहमले खेलमा आफ्नो पकड बलियो बनाएको थियो।
यो जितसँगै टोटनहमले सन् २०१८ यता पहिलो पटक चेल्सीलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ। पछिल्लो ३६ वर्षमा चेल्सीको मैदानमा टोटनहमको यो दोस्रो जित भएको समाचारमा उल्लेख छ।
यस जितपछि टोटनहमले नौ खेलबाट नौ अंक जोड्दै तालिकाको १२औँ स्थानमा उक्लिएको छ। चेल्सी भने १२ अंकसहित चौथो स्थानमा रहेको छ ।