विरगंज महानगरपालिका–१६ स्थित इनर्वा गाउँको मस्जिद पछाडि गोप्य सूचनाका आधारमा भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले छापा मारेको छ। तर, प्रारम्भिक जानकारीअनुसार टोलीले कुनै सामान बरामद गर्न सकेन ।
गोप्य सूचना प्राप्त भएपछि संयुक्त टोली उक्त क्षेत्रमा पुगेर निगरानी तथा आवश्यक जाँच गरेको जनाइएको छ। जाँचका क्रममा कुनै अवैध सामान फेला नपरेपछि टोली खाली हात फर्किएको बताइएको छ ।
सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले संयुक्त टोलीले उक्त कारबाही गरेको जनाइएको छ। यद्यपि, छापामारीका विषयमा सम्बन्धित निकायबाट विस्तृत आधिकारिक जानकारी प्राप्त हुन बाँकी छ ।