तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको हो ।
क्यानका अनुसार प्रतियोगिताको उपविजेताले ८० लाख रुपैयाँ पुरस्कार पाउनेछ। त्यस्तै, तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख रुपैयाँ र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
आठ टोली सहभागी हुने प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा सहभागी टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले आफ्नो नाममा गरेको थियो ।
तेस्रो संस्करणमा कुन टोलीले उपाधि जित्ने भन्ने चासोका बीच क्यानले पुरस्कार राशि सार्वजनिक गरेको हो ।