शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • वीरगंज एएमआरको जोखिम : आफूखुसी एन्टिबायोटिक सेवन नगर्न स्वास्थ्यकर्मीको सुझाव
वीरगंज एएमआरको जोखिम : आफूखुसी एन्टिबायोटिक सेवन नगर्न स्वास्थ्यकर्मीको सुझाव
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, मंसिर ३, २०८३
A1 Beakery Add A1 Beakery Add

चिकित्सकको सल्लाहविना एन्टिबायोटिक सेवन गर्ने, औषधिको निर्धारित मात्रा पूरा नगर्ने तथा आवश्यकताभन्दा बढी प्रयोग गर्ने प्रवृत्तिले वीरगंजसहित पर्सामा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)को जोखिम बढाउन सक्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

सामान्य स्वास्थ्य समस्या देखिंदा चिकित्सकको परामर्श लिनुभन्दा औषधिपसलबाट आफैं औषधि खरीद गरेर सेवन गर्ने प्रवृत्ति एएमआरको प्रमुख जोखिममध्ये एक हो । विशेषगरी पहिले प्रयोग गरेर निको भएको औषधि पुनः सेवन गर्ने र लक्षण कम भएपछि औषधि बीचमैं छाड्ने बानीले औषधि प्रतिरोधी जीवाणु विकासको सम्भावना बढाउने स्वास्थ्य विज्ञहरूको भनाइ छ ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्स भन्नाले ब्याक्टेरिया, भाइरस, फङ्गस तथा परजीवीविरुद्ध प्रयोग हुने औषधिले प्रभावकारीरूपमा काम गर्न छाड्ने अवस्थालाई जनाउँछ । एएमआर बढ्दै जाँदा सामान्य सङ्क्रमणको उपचारसमेत जटिल बन्ने, उपचारका लागि महँगा औषधि आवश्यक पर्ने र उपचार असफल हुने जोखिम बढ्न सक्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२४ मा सार्वजनिक गरेको ‘नेपालमा एन्टिबायोटिक्सको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्याङ्कन’ अध्ययन अनुसार २८ प्रतिशत बिरामीले चिकित्सकको सल्लाहविना औषधि किन्ने गरेका छन् । यस्तै, २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा सेवन नगरी बीचमैं छाड्ने गरेको अध्ययनले देखाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा कृष्णप्रसाद पौडेलले एएमआर मौन महामारीका रूपमा फैलिंदै गएको बताएका छन् । उनका अनुसार पहिले प्रभावकारी रहेका कतिपय एन्टिबायोटिकले अहिले सङ्क्रमण नियन्त्रण गर्न नसक्ने अवस्था देखिन थालेको छ ।

“हामीले हिजो प्रयोग गर्दा प्रभावकारी हुने औषधि अहिले काम नगर्ने अवस्था सिर्जना हुँदैछ । आइसियूमा देखिने कतिपय ब्याक्टेरियामा कुनै पनि एन्टिबायोटिकले काम नगर्ने अवस्था छ,” उनले भने ।

चिकित्सकको सिफारिशविना एन्टिबायोटिक बिक्री तथा प्रयोग गर्ने प्रवृत्तिले समस्या थप गम्भीर बनाउने उनको भनाइ छ । आवश्यकताविना वा गलत तरीकाले एन्टिबायोटिक प्रयोग गर्दा औषधिको प्रभावकारिता घट्दै जाने र उपचार थप जटिल बन्ने उनले बताए ।

वीरगंजमा मुख्य बजार, अस्पताल क्षेत्र तथा आवासीय क्षेत्रमा औषधिपसल तथा फार्मेसी सञ्चालनमा छन् । तर स्थानीय तहमा चिकित्सकको प्रेस्क्रिप्सनविना एन्टिबायोटिक बिक्री हुने अवस्था कति छ भन्ने विषयमा सार्वजनिकरूपमा उपलब्ध नियमित अनुगमन तथ्याङ्क पर्याप्त देखिंदैन । त्यसैले औषधिपसलमा नियमित अनुगमन र प्रेस्क्रिप्सनको पालना गराउनु एएमआर नियन्त्रणका लागि महत्वपूर्ण हुने स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले एएमआर रोकथामका लागि मन्त्रालयले रणनीति बनाएर काम गरिरहेको बताए । उनका अनुसार मानव स्वास्थ्यसँगै पशु स्वास्थ्य र वातावरणलाई समेत समेटेर एएमआर नियन्त्रणका लागि समन्वयात्मकरूपमा काम भइरहेको छ ।

स्वास्थ्यविज्ञहरूले रूघाखोकी तथा भाइरल ज्वरो जस्ता सबै सङ्क्रमणमा एन्टिबायोटिक आवश्यक नपर्ने भएकाले चिकित्सकको सल्लाहविना यस्ता औषधि सेवन नगर्न आग्रह गरेका छन् । चिकित्सकले तोकेको औषधिको मात्रा पूरा गर्ने, बाँकी रहेको एन्टिबायोटिक आफूखुशी पुनः प्रयोग नगर्ने, नियमित हात धुने तथा सङ्क्रामक रोगविरुद्धका खोप लगाउनेजस्ता उपाय अपनाउन उनीहरूले सुझाव दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२१ मा ब्याक्टेरियाजन्य एएमआर ४७ लाख १० हजार मानिसको मृत्युमा सम्बन्धित थियो भने ११ लाख ४० हजारको मृत्यु प्रत्यक्षरूपमा एएमआरसँग जोडिएको थियो । सन् २०२५ देखि २०५० सम्ममा एएमआरका कारण विश्वभर तीन करोड ९० लाखभन्दा बढी मानिसको प्रत्यक्ष मृत्यु हुन सक्ने अनुमान गरिएको छ ।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा यस वर्ष नेपालमा ‘एक स्वास्थ्य, एक अभियानः प्रतिरोधको आजैबाट रोकथाम’ नाराका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । एएमआर नियन्त्रणका लागि वीरगंजमा पनि औषधि व्यवसायी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा नियमनकारी निकायबीच समन्वय र सर्वसाधारणमा सचेतना बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १२:३२
#मधेश प्रदेश #पर्सा #वीरगञ्ज #स्वास्थ्यकर्मी #स्वास्थ्य सेवा #जनस्वास्थ्य #स्वास्थ्य सचेतना #एन्टिबायोटिक #नेपाल स्वास्थ्य अनुसन्धान परिषद् #औषधिको दुरुपयोग
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग बुधबार, मंसिर २, २०८३
मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन
मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन बुधबार, मंसिर २, २०८३
२८ वर्षपछि कार्यान्वयनमा आयो पशु वधशाला तथा मासु जाँच ऐन, अब ‘स्वस्थ मासु’ को छाप अनिवार्य
२८ वर्षपछि कार्यान्वयनमा आयो पशु वधशाला तथा मासु जाँच ऐन, अब ‘स्वस्थ मासु’ को छाप अनिवार्य बुधबार, मंसिर २, २०८३
बिमस्टेक बैठकमा सहभागी भएर स्वास्थ्यमन्त्री मेहता स्वदेश फर्किए
बिमस्टेक बैठकमा सहभागी भएर स्वास्थ्यमन्त्री मेहता स्वदेश फर्किए शुक्रबार, कात्तिक २७, २०८३
लोटस फार्मास्युटिकल्स (विन मेडिकेयर) अल्ट्रासाउन्डको लापरबाहीले नवजात शिशुको ज्यान जोखिममा, शिशुको पेट तथा शरीरका भित्री अङ्ग बाहिर परिवार अर्थिक तथा मानसिक तनावमा (भिडियो रिपोर्ट सहित)
लोटस फार्मास्युटिकल्स (विन मेडिकेयर) अल्ट्रासाउन्डको लापरबाहीले नवजात शिशुको ज्यान जोखिममा, शिशुको पेट तथा शरीरका भित्री अङ्ग बाहिर परिवार अर्थिक तथा मानसिक तनावमा (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक २६, २०८३
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन बुधबार, कात्तिक २५, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते
ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते वीरगंज सिटी
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
मेयरकाे घर तोडफोड प्रकरण : पुर्पक्षमा रहेका रंजन कुमार सिंह र अबु अयुब हुसेनलाई जनही २ लाख धरौटीमा छाड्न उच्च अदालत वीरगञ्जको आदेश
मेयरकाे घर तोडफोड प्रकरण : पुर्पक्षमा रहेका रंजन कुमार सिंह र अबु अयुब हुसेनलाई जनही २ लाख धरौटीमा छाड्न उच्च अदालत वीरगञ्जको आदेश वीरगंज सिटी
छठपछि वीरगंज बसपार्कमा यात्रुको भीड, गाडी पाउनै मुस्किल (भिडियो रिपोर्ट सहित)
छठपछि वीरगंज बसपार्कमा यात्रुको भीड, गाडी पाउनै मुस्किल (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिद्वारा पुरस्कार परेको टिकट नम्बर सार्वजनिक
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिद्वारा पुरस्कार परेको टिकट नम्बर सार्वजनिक वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा
एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा वीरगंज सिटी
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP