घडिअर्वा छठ पूजा व्यवस्थापन समिति, वीरगंज–१० ले छठ पर्वको अवसरमा वितरण गरिएको पुरस्कार योजनाअन्तर्गत पुरस्कार परेको टिकट नम्बरहरू सार्वजनिक गरेको छ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार प्रथम पुरस्कारमा हिरो मोटरसाइकल, दोस्रो पुरस्कारमा १.५ टनको एसी, तेस्रो पुरस्कारमा ४३ इन्चको एलईडी टिभी र चौथो पुरस्कारमा २९० लिटरको फ्रिज राखिएको थियो।
त्यसैगरी पाँचौँ पुरस्कारमा ५ जनालाई साइकल, छैटौँ पुरस्कारमा ८ जनालाई किचन सेट, सातौँ पुरस्कारमा ११ जनालाई इन्डक्सन चुलो, आठौँ पुरस्कारमा १६ जनालाई राइस कुकर, नवौँ पुरस्कारमा १६ जनालाई इलेक्ट्रिक केतली र दसौँ पुरस्कारमा २१ जनालाई इलेक्ट्रिक हिटर प्रदान गर्ने व्यवस्था गरिएको थियो।
समितिले सार्वजनिक गरेको सूचनामा विभिन्न पुरस्कारका लागि छनोट भएका टिकट नम्बरहरू उल्लेख गरिएको छ। पुरस्कार परेको टिकट नम्बर भएका व्यक्तिहरूलाई समितिसँग सम्पर्क गरी पुरस्कार प्राप्त गर्न आग्रह गरिएको छ।