शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • नेपाल–भारत आर्थिक सम्बन्ध मजबुत बनाउन वीरगंजमा व्यवसायीहरूको पहल
नेपाल–भारत आर्थिक सम्बन्ध मजबुत बनाउन वीरगंजमा व्यवसायीहरूको पहल
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, मंसिर ३, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै भविष्यलक्षित द्विपक्षीय आर्थिक साझेदारीको कार्यसूची तयार गर्ने उद्देश्यले वीरगंजमा ‘भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६’ आयोजना गरिएको छ ।

नेपाल युवा उद्यमी मञ्च (NYEF) वीरगंज च्याप्टर र भारतको पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (PHDCCI) अन्तर्गतको इन्डिया–नेपाल सेन्टरको संयुक्त आयोजनामा मंगलबार (नोभेम्बर १८) वीरगंजमा उक्त मञ्च सम्पन्न भएको हो ।

नेपालका प्रधानमन्त्री बालेन शाहको यसै महिना हुन लागेको भारत भ्रमणको पूर्वसन्ध्यामा आयोजित मञ्चलाई विशेष महत्वका साथ हेरिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भौतिक पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा महत्वपूर्ण घोषणा हुन सक्ने अपेक्षा गरिएको छ । सम्भावित विषयमा नयाँ हवाई मार्ग तथा जनकपुर–अयोध्याबीच सीधा रेल सेवा सञ्चालनको विषयसमेत रहेको छ । त्यस्तै, भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा विकासमा भारतको सहयोगबारे पनि अपेक्षा गरिएको छ ।

कार्यक्रममा उद्योग वाणिज्य क्षेत्रका अगुवा, विभिन्न व्यावसायिक संघसंस्थाका पदाधिकारी, उद्योग, बैंकिङ, लजिस्टिक्स तथा आतिथ्य सत्कार क्षेत्रका प्रतिनिधि र NYEF वीरगंज च्याप्टरका सदस्यहरूको सहभागिता रहेको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मञ्चको मुख्य उद्देश्य नेपाल–भारत व्यापारको वर्तमान अवस्था समीक्षा गर्नु, सीमापार व्यापारमा देखिएका व्यावहारिक समस्या तथा अवरोध पहिचान गर्नु र आर्थिक साझेदारीलाई प्रभावकारी बनाउन भारत सरकारबाट अपेक्षित सहयोगबारे उद्योगी तथा व्यवसायीका सुझाव संकलन गर्नु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य वक्ता भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल र भारतबीच विभिन्न क्षेत्रमा भइरहेको सहकार्यसँगै द्विपक्षीय व्यापार पनि निरन्तर विस्तार भइरहेको बताउनुभयो । उहाँले दुई देशबीचको सम्बन्धलाई अझ नजिक र मजबुत बनाउनुपर्नेमा जोड दिँदै जनस्तरको सम्बन्धलाई द्विपक्षीय सहकार्यको महत्वपूर्ण आधारका रूपमा निरन्तरता दिन यस्ता संवाद कार्यक्रम नियमित आयोजना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा NYEF वीरगंज च्याप्टरका अध्यक्ष चन्दन सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण च्याप्टरका मोहित अग्रवालले गर्नुभएको थियो ।

त्यसैगरी, PHDCCI इन्डिया–नेपाल सेन्टरका वरिष्ठ सचिव अतुल के. ठाकुरले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध तथा भविष्यमा सहकार्यका सम्भावनाबारे चर्चा गर्नुभयो । उहाँले आर्थिक सुधार र सुशासनको संयोजनले नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउन सक्ने उल्लेख गर्दै नेपालमा सबै व्यवसायीलाई नीतिगत रूपमा समान प्रतिस्पर्धाको अवसर उपलब्ध गराउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरूले सीमापार व्यापारका क्रममा देखिएका विभिन्न समस्या र समाधानका उपाय प्रस्तुत गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले सहज व्यापारका लागि सीमावर्ती क्षेत्रको व्यवस्थापन थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । सीमावर्ती अर्थतन्त्र नेपालको आर्थिक विकासको निर्णायक पक्ष भएकाले यस क्षेत्रमा नेपाल र भारतबीच थप गहिरो सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले नेपाली निर्यातमा असर पारिरहेका गैरभन्सार अवरोध तथा सीमापार अवैध आवागमनका विषय उठाउनुभयो । उहाँले अनौपचारिक व्यापारिक गतिविधिलाई समेत नियमन र व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल औषधि उत्पादक संघ (APPON) का वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले भारतबाट चिनी निर्यातमा लगाइने प्रतिबन्धजस्ता निर्णयले नेपालको औषधि उद्योगमा गम्भीर असर पार्न सक्ने बताउनुभयो । उहाँले नेपाल र भारतबीच हार्मोनाइज्ड सिस्टम (HS) कोडमा एकरूपता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका पूर्वअध्यक्ष गणेश लाठले दुई देशबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन कनेक्टिभिटी, उत्पादकत्व र आपसी विश्वास महत्वपूर्ण आधार रहेको बताउनुभयो ।

NYEF वीरगञ्ज च्याप्टरका पूर्वअध्यक्ष अनुप अग्रवालले आगामी पुस्तामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेपालमा गुणस्तरीय शिक्षाको अवसर विस्तार गर्न भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरूलाई नेपालमा ल्याउनुपर्ने सुझाव दिनुभयो ।

खुला छलफल सत्रमा सहभागी उद्योगी तथा व्यवसायीहरूले सीमापार व्यापार र व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका व्यावहारिक समस्या तथा चुनौतीबारे अनुभव र सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले व्यापारिक प्रक्रियालाई सहज, पारदर्शी र प्रभावकारी बनाउन डिजिटल प्रणालीको विकास तथा व्यापारिक प्रक्रियाको डिजिटलीकरणमा जोड दिएका थिए ।

यसै क्रममा भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासका वाणिज्य प्रतिनिधि मनीष दुधपुरीले उद्योगी तथा व्यवसायीले उठाएका व्यापारसम्बन्धी जिज्ञासाको जवाफ दिनुभएको थियो । उहाँले नेपाल–भारत सीमाबाट हुने व्यापारलाई थप सहज बनाउन भएका नयाँ व्यवस्थाबारे समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा उठेका विषय तथा सुझावले उद्योगी र नीतिनिर्माताबीच प्रत्यक्ष संवादको महत्वलाई पुनः स्थापित गरेको आयोजकको भनाइ छ । छलफलबाट पहिचान भएका समस्या तथा सुझावलाई व्यावहारिक परिणाममा रूपान्तरण गर्दै दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन मञ्च महत्वपूर्ण हुने विश्वास आयोजकले व्यक्त गरेको छ ।

नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रूपमा रहेको वीरगंजमा आयोजित यस पहलले अर्थतन्त्रका प्रमुख क्षेत्रमा नयाँ व्यावसायिक सहकार्यका अवसर सिर्जना गर्नुका साथै औद्योगिक तथा व्यापारिक गतिविधि प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १४:४५
#वीरगंज #नेपाल–भारत सम्बन्ध #अशोक टेमानी #औद्योगिक विकास #चन्दन सिंह #सीमापार व्यापार #आर्थिक सहकार्य #भारतीय महावाणिज्य दूतावास #NYEF वीरगंज #PHDCCI
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते
ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते बिहीबार, मंसिर ३, २०८३
मुख्यमन्त्री चयनमा अन्योल कायमै, मधेसमा सरकार गठनको समयसीमा भोलि सकिँदै
मुख्यमन्त्री चयनमा अन्योल कायमै, मधेसमा सरकार गठनको समयसीमा भोलि सकिँदै बिहीबार, मंसिर ३, २०८३
पहाड र मधेस जोड्ने सेतु बन्दै रवि लामिछाने, धोती–कुर्ताले बढायो सामाजिक अपनत्व, मधेसभर छरे विछटै माया (भिडियो रिपोर्ट सहित)
पहाड र मधेस जोड्ने सेतु बन्दै रवि लामिछाने, धोती–कुर्ताले बढायो सामाजिक अपनत्व, मधेसभर छरे विछटै माया (भिडियो रिपोर्ट सहित) बिहीबार, मंसिर ३, २०८३
सर्लाहीको विष्णु गाउँपालिकाका ३ सय ९७ परिवारले पाए लालपुर्जा
सर्लाहीको विष्णु गाउँपालिकाका ३ सय ९७ परिवारले पाए लालपुर्जा बिहीबार, मंसिर ३, २०८३
राजविराजमा फुटपाथ अतिक्रमणविरुद्ध स्थानीय सडकमा उत्रिए
राजविराजमा फुटपाथ अतिक्रमणविरुद्ध स्थानीय सडकमा उत्रिए बिहीबार, मंसिर ३, २०८३
महिलामाथि प्रहरीले कुटपिट गरेको आरोप, घटनाबारे प्रश्न
महिलामाथि प्रहरीले कुटपिट गरेको आरोप, घटनाबारे प्रश्न बिहीबार, मंसिर ३, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते
ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते वीरगंज सिटी
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
मेयरकाे घर तोडफोड प्रकरण : पुर्पक्षमा रहेका रंजन कुमार सिंह र अबु अयुब हुसेनलाई जनही २ लाख धरौटीमा छाड्न उच्च अदालत वीरगञ्जको आदेश
मेयरकाे घर तोडफोड प्रकरण : पुर्पक्षमा रहेका रंजन कुमार सिंह र अबु अयुब हुसेनलाई जनही २ लाख धरौटीमा छाड्न उच्च अदालत वीरगञ्जको आदेश वीरगंज सिटी
छठपछि वीरगंज बसपार्कमा यात्रुको भीड, गाडी पाउनै मुस्किल (भिडियो रिपोर्ट सहित)
छठपछि वीरगंज बसपार्कमा यात्रुको भीड, गाडी पाउनै मुस्किल (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिद्वारा पुरस्कार परेको टिकट नम्बर सार्वजनिक
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिद्वारा पुरस्कार परेको टिकट नम्बर सार्वजनिक वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा
एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा वीरगंज सिटी
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP