सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई) माथि बालिका बलात्कारको आरोप लागेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ को सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टका सई धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई प्रयास गरेको आरोप लागेको हो ।
बालिकामाथि सईले नै बलात्कार प्रयास गरेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले प्रहरी पोस्ट घेराउ गरेका छन् ।
सो क्रममा स्थिती तनाबग्रस्त बनेको प्रहरीले जनाएको छ । बालिका बलात्कारको आरोप लागेका सशस्त्रका सईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।