लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ ।
बर्दिवासस्थित गौरिडाँडाबाट सिन्धुली हुँदै बर्दिवासतर्फ आउँदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानमा राखिएको ५४७ केजी गाँजा बरामद गरिएको हो । बिशेष सूचनाका आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला परेको हाे ।
लागुऔषध नियन्त्रण व्युरो शाखाका प्रमुख सरोज कुमार अधिकारीका अनुसार भ्यान चालक सलिन मगरलाई पक्राउ गरिएको छ । सिन्धुपाल्चोक ठुलो भन्ज्याङ घर भएका मगरलाई नियन्त्रणमा लिएर अहिले इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ । कहाँबाट कसका लागी यत्राे ठुलाे परिमाणकाे गाजाँ लगिदै थियाे भन्ने बारेमा अनुसन्धान भइरहेकाे उनले जानकारी दिएका छन् ।
यसअघि, गत १७ गते पनि बर्दिवासबाट खटिएको व्युरो टोलीले झन्डै सय केजी खैरो हिरोईन पक्राउ गरेको थियो ।