पर्साको जीराभवानी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जीराभवानी गाउँपालिका–५ स्थित सडकमा आइतबार राति बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही गाउँपालिका–५ सखुबनिया टोल निवासी ४५ वर्षीय संजय खवास गम्भीर घाइते भएका थिए ।
घाइते खवासलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।