बारा जिल्लाको विश्रामपुर गाउँपालिका–४ बाट ब्राउनसुगरजस्तो देखिने लागूऔषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–८ गहवा टोल निवासी ३१ वर्षीय बिनय महतो र वडा नम्बर ७ रामटोल निवासी ३० वर्षीय सहजाद शेख रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जसमेतबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो ना.२७ प ५२३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा ४ ग्राम ३०० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ फेला पारेको थियो ।
उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।