जनमत पार्टी पर्साको आयोजनामा रंगभेदविरुद्धको एकता दिवस वीरगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ ।
जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा नेताहरू रम्भा मिश्र, राजुराज गिरि, नागेन्द्र गुप्ता, फुलेना कुशवाहा, सब्बो खातुन, ध्रुव महतो, ममता तिवारी, युवा अध्यक्ष मनोज साह, अमिरखा कुर्मी, शिवकुमार मुखिया, सत्युग साह, देवेन्द्र रवानी, निकेश महतो, अञ्जना गुप्ता, रेखा सरार्फ, जानकी सरार्फ, इमराना खातुन र संजय सरार्फलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले रंगभेद, विभेद तथा सामाजिक असमानताविरुद्ध एकजुट भएर आवाज उठाएका थिए। उनीहरूले समाजमा सामाजिक सद्भाव, समानता, पहिचान र सामाजिक न्याय कायम गर्नुपर्नेमा जोड दिएका थिए ।
जनमत पार्टी पर्साले यस्ता कार्यक्रममार्फत समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गर्दै समानता, एकता र आपसी सद्भावको वातावरण निर्माण गर्नुपर्ने सन्देश दिएको जनाएको छ ।
कार्यक्रमको अन्त्यमा आयोजकले कार्यक्रममा सहभागी सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको थियो ।