जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र वितरण कार्य हाललाई स्थगित गरेको छ ।
सेवाग्राहीको अत्यधिक भिडभाडका कारण वैशाख २ गतेसम्मका लागि वितरण कार्य स्थगित गरिएको हो ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै “राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने सेवाग्राहीहरूको अत्यधिक भीडभाडका कारण वैशाख २ गतेसम्म राष्ट्रिय परिचयपत्रको कार्ड वितरण कार्य स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ।” भन्ने सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र वितरण कार्य स्थगित गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीहरूलाई परेको असुविधाप्रति क्षमाप्रार्थी रहेको उल्लेख गर्दै भविष्यमा थप सुव्यवस्थित ढंगले सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।