वीरगञ्ज महानगरपालिका–१६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि शनिबार बिहान एक महिलाको शव फेला परेको छ ।
मृतक महिला वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बसोबास गर्ने अंसुईया अग्रवाल भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । महिलाको मृत्युको कारण हालसम्म स्पष्ट हुन नसके पनि प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ।
घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा कसैबाट आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरेको छ । घटनाको प्रकृति शङ्कास्पद देखिए पनि अनुसन्धानमा रहेका प्रहरीले घटनाका सबै पक्षबारे विस्तृत छानबिन गरिरहेकाे जनाएको छ ।
यद्यपि, वास्तविक कारण भने शव परीक्षणबाट खुल्ने प्रहरीको भनाइ छ । मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको छ ।
प्रहरी स्रोतका अनुसार, शवको प्रकृति, घाउको अवस्था र घटनास्थलको अवस्थाबारे विस्तृत छानबिनपछि मात्र वास्तविकता बाहिर आउनेछ ।