"मर्यादित सहकारी, समुन्नत समाज" भन्ने नाराका साथ ६८ औँ राष्ट्रिय सहकारी दिवस वीरगंजमा भव्य रूपमा मनाइएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा वीरगंजमा र्यालीसहित नगर परिक्रमा गर्दै दिवस मनाइएको हो ।
वीरगंज महानगरपालिका, जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैंक लि. र नेफ्स्कूनको सहयाेगमा निकालिएको र्यालीले वीरगंजका माईस्थान, अलखियामठ, आदर्शनगर, घडिअर्वा लगायतका स्थानको परिक्रमा गर्दै घण्टाघरमा पुगेर समापन गरेको थियो ।
नगर परिक्रमा गरिएको र्यालीमा सहकारी संस्थाका प्रतिनिधि, सहकारी अभियन्ता, नगरबासी तथा सहकारीकर्मीहरूकाे उत्साहपूर्वक सहभागी भएका थिए ।
सहभागीहरूले सहकारी आन्दोलनको महत्त्व, बचतको प्रवर्द्धन र सहकार्यको आवश्यकता रहेकाे बताएका थिए ।