जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव अफरोज आलमका बाबु आयुब मिया मन्सुरीलाई पक्राउ गरेको छ ।
खानेपानी मन्त्री प्रदीप यादवको नाममा ठगी गरेको आरोपमा वीरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वाका रमजान मिया मन्सुरीका छोरा वर्ष ५२ का आयुब मिया मन्सुरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खानेपानी मन्त्रीसँग सेटिङ रहेको भन्दै काम गराइदिन्छु भन्दै काठमाडौँका विभिन्न व्यक्तिहरूसँग एक करोड रुपैयाँ ठगेको आरोपमा सीआइबीले काटेको पत्रको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालले बताए ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार आयुब मिया मन्सुरी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको दुईवटा स्वकीय सचिव मध्ये एक अफरोज आलमका बाबु हुन् । उनले खानेपानी मन्त्री प्रदीप यादवको नाम बेचेर एक करोड रुपैयाँ ठगेको आरोपमा सीआइबीले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र काटेको थियो ।
सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लम्सालले पुस्टि गरे ।