काठमाडौं । यु–१९ एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत अफगानिस्तान र नेपालबीच भएको खेलमा नेपाल १ रनले पराजित भएको छ ।
अफगानिस्तान यू–१९ ले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा १६८ रन बनायो। कप्तान महबुब खानले संयमित ब्याटिङ गर्दै ११४ बलमा ५८ रन बनाएर टिमलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याए । नेपालका लागि सन्तोष यादवले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै १० ओभरमा २३ रन खर्चिएर ३ विकेट लिए। त्यस्तै सिव्रिन श्रेष्ठ र बिपिन शर्माले समान दुई–दुई विकेट लिएका थिए ।
१६९ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको नेपाल यू–१९ टोली ४९.३ ओभरमा १६७ रनमै समेटियो। सहिल पटेलले नेपालका लागि सर्वाधिक ६४ रन बनाए। उनले ११९ बल खेलेर ६ चौका प्रहार गरे ।
नेपालले अन्तिम ओभरमा २ रन आवश्यक रहेको अवस्थामा ३ बलमै सबै विकेट गुमाउँदै हार बेहोर्नुपर्यो। अभिषेक तिवारीले २४ रन तथा ध्रुव सोनारले २१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।
नेपालको यो हारसँगै सिरिजमा उसको प्रदर्शनमा थप चुनौती देखिएको छ ।