वीरगञ्जको नारायणी रंगशालामा एनप्याब्सनद्वारा आयोजित टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।
प्रतियोगिता वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा आयोजित मार्चपास्ट प्रतिस्पर्धामा जीएचपी स्कूलले प्रथम स्थान प्राप्त गर्न सफल भयाे भने, दोस्रो स्थान सगरमाथा स्कूल मुर्ली–१२ ले हात पारेको थियो त्यस्तै तेस्रो स्थानमा रिचा पब्लिक स्कूल, हरपतगञ्ज रह्यो ।
मार्चपास्टमा विद्यार्थीहरूको अनुशासन, टोली समन्वय र खेल भावना स्पष्ट रूपमा देखिएको आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो खेल काव्य एकेडेमी र डेसिमल स्कूलबीच खेलिएको थियो, जसमा काव्य एकेडेमी विजयी भएको छ ।
कार्यक्रममा नगर सचिव सेख अजहरले स्वागत मन्तव्य दिएका थिए भने सहजकर्ता सुर्य शुभचिन्तक रहेका थिए ।
प्रतियोगिता संयोजकहरूले सहभागी विद्यालयहरूबीचको प्रतिस्पर्धा निकै उत्साहजनक रहेको बताएका छन् । कार्यक्रम एनप्याब्सनका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो ।