काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो गाँजासहित थाइल्याण्डकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा २७ वर्षीया कनोकवान पोंगसुवान रहेको प्रहरीले जनाएको छ ।
उक्त महिला थाइ एयरमार्फत काठमाडौं आइपुगेकी थिइन् । भन्सार एरियामा चेकजाँचको क्रममा प्रहरीले उनको लगेजबाट ६ किलो गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार उनलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ ।