काठमाडौं। नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले टी–२० आई क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको नाममा रहेको कीर्तिमान तोडेका छन् । बिहीबार कुवेतविरुद्ध ८१ रन प्रहार गर्दै उनले नेपाली टोलीबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।
कुवेतविरुद्धको खेलमा कुशलले ५० बलमा समान ६ चौका र ६ छक्का प्रहार गर्दै उत्कृष्ट पारी खेलेको हो। यससँगै उनले दीपेन्द्रको ९ अर्धशतकको रेकर्डलाई तोड्दै ५४ इनिङ्समा एक शतक र १० अर्धशतक प्रहार गरेका छन् ।
यसअघि दीपेन्द्रसिंह ऐरीले ६६ इनिङ्समा एक शतक र ९ अर्धशतक बनाएका थिए। कुवेतविरुद्धको खेलमा दीपेन्द्र ३१ रनमा क्याच भएका थिए ।
कुशलको फर्ममा आउनुले नेपालको आगामी खेलको लागि थप आशा र विश्वास जगाएको छ। कुशलले बिचमा बलरको रूपमा खेलेर आफ्नो ब्याटिङ सुधार गरेका थिए ।
कुशल भुर्तेलको उत्कृष्ट पारी र नयाँ कीर्तिमानले नेपाली क्रिकेटमा नयाँ इतिहास रचिएको छ ।