काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणले सरकारले जवाफ दिने भएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा चौधरी पक्राउ प्रकरणबारे सरकारले जवाफ दिनुपर्ने माग राख्दै नाउपा र जनमत पार्टीका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका थियो । उनीहरुको अवरोधपछि सभामुखले बिहिबार गृहमन्त्री रमेश लेखकले जवाफ दिने बताएका हुन् ।
सभामुखले सो विषय जानकारी गराएपछि विरोधमा उठेका सांसदहरु बसेका छन् ।
गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रममा सहभागि हुन पुगेका रेशम चोधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको थियो । सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र फर्जी रहेको भनी अर्को पत्र काटेसँगै रेशम थुनामुक्त भएका थिए ।