काठमाडौं । भारतीय क्रिकेटका सुपरस्टार तथा पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । कोहलीले सामाजिक सञ्जालमार्फत भावुक सन्देश जारी गर्दै आफ्नो टेस्ट यात्राको समापनको घोषणा गरेका हुन् ।
केही दिनअघि कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । त्यसपछि कोहलीको पनि सन्यासको चर्चा चलेको थियो, तर उनले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका थिएनन् । आज भने उनले फ्यानहरूलाई सम्बोधन गर्दै आफुले टेस्ट क्रिकेटलाई बिदाइ दिएको जानकारी दिएका हुन् ।
कोहलीले लेखेका छन्, "म कृतज्ञ हृदयका साथ बिदा लिंदैछु। म मेरो टेस्ट करियरलाई सधैं मुस्कानका साथ सम्झिरहनेछु ।"
सन् २०११ मा टेस्ट डेब्यु गरेका कोहलीले १२३ टेस्ट खेलमा ९२३० रन बनाएका छन् । उनकाे टेस्ट औसत ४६.८५ रहेको छ । टेस्ट क्रिकेटबाट सन्यास लिए पनि उनी एकदिवसीय र टी-२० क्रिकेटमा भने सक्रिय रहनेछन् ।