राजविराज नगरपालिकाले इन्टेलेक्चुअल फाउन्डेशन नेपालद्वारा प्रस्तावित तीन शैक्षिक सुधारका कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश गर्दै स्वीकृति प्रदान गरेको छ ।
संस्था अध्यक्ष डा. सूर्या प्रसाद यादवले नगरपालिकामा लिखित रूपमा पेश गरेका प्रस्तावहरूलाई कार्यबाहक मेयर इसरत परविनको विशेष पहलमा नगर शिक्षा समितिबाट पारित गरिएको हो । नगरपालिकाको शिक्षा समिति बैठकमा आमन्त्रित सदस्यका हैसियतमा डा. यादवले प्रस्तुत गरेका सुधार प्रस्तावहरू नगर कार्यपालिकाबाट पारित भएको जानकारी दिएका छन् । स्थानीय पाठ्यक्रम (हमर राजविराज) आधारित मैथिली भाषा र संस्कृतिमा पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि ८ सम्म लागू गर्ने ।
तीन प्रमुख प्रस्तावमा सहमति
- डा. यादवका अनुसार स्वीकृत शैक्षिक सुधार प्रस्तावहरूमा निम्न विषय समावेश छन् :
- नगरभित्रका केही सामुदायिक विद्यालयलाई प्रथम चरणमा मोडेल विद्यालयको रूपमा विकास गर्ने ।
- स्थानीय पाठ्यक्रम (हमर राजविराज) आधारित मैथिली भाषा र संस्कृतिमा पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि ८ सम्म लागू गर्ने ।
नगरवासीको अध्ययनप्रति रुचि बढाउने तथा दलित, विपन्न वर्गका बालबालिकालाई सहजता प्रदान गर्न सुविधा सम्पन्न लाइब्रेरी तथा रिसर्च सेन्टर स्थापना गर्ने ।
मोडेल विद्यालयको छनोट
राजविराज नगरपालिकाभित्र रहेका ४२ वटा सामुदायिक विद्यालयमध्येबाट निम्न विद्यालयहरूलाई प्रथम चरणमा मोडेल विद्यालयका रूपमा छनोट गरिएको छ ।
माध्यमिक तह: श्री राठाजोभ मावि, श्री के.ए. मावि (राजविराज) ।
आधारभूत तह: श्री आधारभूत विद्यालय (थानगाछी), श्री महाकवि देवकोटा आधारभूत विद्यालय (पडरिया), श्री आवि फर्सैठ (राजविराज) ।
प्रारम्भिक तह: श्री रमेश नादा आदर्श आवि (राजविराज–७) ।
मैथिली पाठ्यपुस्तक निर्माणको नेतृत्व
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवका अनुसार "हमर राजविराज" पाठ्यक्रम अन्तर्गत मैथिली भाषाका पाठ्यपुस्तकहरू लेखन, सम्पादन र प्रकाशनको जिम्मा देवेन्द्र मिश्र र डा. सूर्या प्रसाद यादवलाई दिइएको छ । उनले शैक्षिक सुधारका प्रस्तावहरू कार्यान्वयनका लागि लाइब्रेरी व्यवस्थापनमा समेत गम्भीर छलफल भइरहेको जानकारी दिए ।
यी कार्यक्रमहरू नगरको शैक्षिक स्तर उकास्न महत्वपूर्ण हुने विश्वास गरिएको छ ।