नेपाल इनोभेटिभ सोसाइटीको आयोजनामा र वीरगञ्ज नर्सिङ क्याम्पसको सहकार्यमा एकदिने मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम वीरगञ्ज नर्सिङ क्याम्पसमा आयोजित गरिएको थियो, जसमा करिब १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख वक्ता डा. निरज कुमार सिंहले "जीवन र त्यो एक घण्टा" शीर्षकमा जीवनका उद्देश्य, समय व्यवस्थापन र प्रभावकारी जीवनशैलीका महत्त्वपूर्ण बुँदाहरू प्रस्तुत गरे । त्यस्तै, डा. प्रीति यादवले “सकारात्मक मानसिक स्वास्थ्य जागरूकता” विषयमा मानसिक सशक्तीकरण तथा सकारात्मक सोच निर्माणका उपायहरूबारे प्रशिक्षण दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख डा. कल्पना पौडेलले नर्सिङ विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूका लागि प्रेरणा र मानसिक स्वास्थ्यको महत्वमाथि जोड दिनुभयो । नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समन्वय कोषाध्यक्ष श्रीमती मौसमी सुनुवार रानाले गर्नुभएको थियो । उनले यस्ता शैक्षिक तथा प्रेरणादायी कार्यक्रमले विद्यार्थीको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो: श्री जगत प्रसाद साह कानु, वडा अध्यक्ष, वीरगञ्ज–४, प्रहरी निरीक्षक श्री निरोज चौलागाईं, वडा प्रहरी कार्यालय, बिर्ता,श्री ऋषिराज साट्याल, सचिव, नेपाल इनोभेटिभ सोसाइटी, श्री विजय कुमार बल, सह–सचिव, नेपाल इनोभेटिभ सोसाइटी तथा निर्देशक, लिटिल बड्डी प्रिस्कूल,डा. स्वाति गुप्ता, सदस्य, नेपाल इनोभेटिभ सोसाइटी, श्रीमती सबिना अधिकारी, विभाग प्रमुख, वीरगञ्ज नर्सिङ क्याम्पस ।
कार्यक्रम सञ्चालन निशा साहले प्रभावकारी रूपमा गर्नुभएको थियो। समापनमा अध्यक्ष चौगाईले सबै अतिथि र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।