स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपालले नेदरल्यान्ड्समाथि १६ रनको रोमाञ्चक जित निकालेको छ ।
यो जितसँगै नेपालले श्रृङखलामा चारमध्ये तीन खेल जितेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३७ रन बनायो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको उत्कृष्ट पारी खेले। यद्यपि, नेपाललाई आफ्नो इनिङमा १० रनको घाटा पनि बेहोर्नु पर्यो ।
घाटाको कारण मध्यक्रमका ब्याट्सम्यान बसिर अहमदलाई नियम विपरीत पिचमा दौडिएको भन्दै अम्पायरले दुईपटक ५–५ रनको पेनाल्टी दिए। फलस्वरूप नेपालको स्कोरबाट १० रन घटाइएको थियो ।
जवाफमा नेदरल्यान्ड्सले लक्ष्य पछ्याउने क्रममा ४७.१ ओभरमा २ सय २० रनमै सबै विकेट गुमायो। नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जित दिलाए । सन्दीप लामिछाने र नन्दन यादवले समान ३/३ विकेट लिए भने ललित राजवंशीले २ विकेट झारे ।
यो जितले नेपाललाई लिग–२ को तालिकामा बलियो स्थानमा पुर्याएको छ ।