अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र पोखरिया नगरपालिकाका नायब सुब्बा संदीप साहलाई पक्राउ गरेको छ ।
पोखरिया नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत रहेका बेला बिभिन्न योजनाहरूको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरूमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा अख्तियारको टोलीले उनिहरुलाई पक्राउ गरेको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिएको छ ।
पक्राउ परेका दुवैजना सहित उनीहरूको विद्युतीय उपकरण (मोबाइल) २/२ वटा र हाल पर्साका प्रमुख प्रशासकीय अधिकृत रहेका राम विनय कुमार सिंह, सोहि नगरपालिकाका वडा नम्बर २ का वडा सचिव ओम प्रकाश चौरसियाको समेत मोबाइलहरू बरामद गरी थप अनुसन्धानका लागि टङ्गाल लगिएको छ ।
पोखरिया नगरपालिका पर्साको सदरमुकाम वीरगंजपछि दोश्रो बहुपेक्षित नगरपालिका हो । जिल्लाको विकास निर्माण तथा सेवा सुविधामा समापन्न हुनुपर्ने नगरपालिकामा यसअघि पनि हालसम्म कोही उपसचिव टिक्न सकेका छैनन् । २०७९ साल फागुन ८ गते दरबन्दी भई आएका धर्मानन्द जोशीलाई ३९ दिनमै चैत्र १७ गते सरुवा गराइएको थियो । भने २०८० साल जेठ २ गते हाजिर भएका देवेन्द्र सापकोटा ३ महिना नपुग्दै भदौ ८ गते उनको सरुवा भएको थियो ।
पोखरिया नगरपालिकामा सबभन्दा बढी टिक्ने प्रशासकीय अधिकृत मध्ये एक हुन् अजय कुमार श्रीवास्तव । २०८० साल आश्विन १८ गते निम्त भई आएका उनी २०८१ फागुन ९ गतेसम्म राजपाठ चलाएका थिए । यतिसम्म हठी अधिकृत थिए उनी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८१ माघ ९ गते देशभरका १३ वटा निमित प्रमुख प्रशासकीय अधिकृतको एकैपटक जिम्मेवारी रद्द गरेपनि उनी एक मात्र अधिकृत फागुन ९ गतेसम्म पोखरिया नगरपालिकामा जिम्मेवारीका साथ रहेका थिए ।
मेयरको लोभ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको स्वार्थका कारण सातौँ तहका कर्मचारी रहेका उनलाई मन्त्रालयको एक महिनासम्म निर्णयले छोएको थिएन ।
बचे मन्त्री र मेयर, फसे कर्मचारी
मन्त्री राजकुमार गुप्ताको क्षेत्र नं. ३ मा पर्ने पोखरिया नगरपालिकामा मन्त्री गुप्ता स्वयम् र उनका गुरुमहाराज योजना प्रमुख संजय पाण्डे, मेयर प्रदुमन चौहान र निम्त अजय श्रीवास्तवले ५ सय ७७ जनालाई नियुक्त गरेका छन् ।
स्रोतका अनुसार प्रतिव्यक्ति एक देखी ढेड लाख सम्म उठाएर नियम विपरित सयौँ कर्मचारी नियुक्त गरेको स्थानीयहरु बताउँछन् । नियुक्त भएका कर्मचारीहरूले १० महिना बितिसक्दा पनि हालसम्म तलब भत्ता एक सुको पाएका छैनन् । स्रोतका अनुसार विभिन्न व्यक्तिहरुसंग पैसा उठाएर भाग लगाएका थिए । तर अख्तियारको फन्दामा भने, निमित प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव र जिन्सी शाखा, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख संदीप साहलाई पक्राउ गरिसकेको छ ।
अजय श्रीवास्तवलाई राख्नैपर्ने मुख्य कारण भनेकै काम समापन्न नभएको बिल भुक्तानी गराउनु र नयाँ नियुक्त भएका आफन्तको भुक्तानी दिलाउनु थियो तर बढी विवाद हुन थालेपछी उनलाई निम्त प्रमुख प्रशासकीय अधिकृत कै जिम्मेवारीमा बहुदरमाई नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो निर्णय विरुद्ध उनलाई जिम्मेवारी दिएर पठाएका थिए ।
समान्य प्रशासन मन्त्रालयले २०८१ माघ ९ गते देशभरका १३ वटा उनी सहति निमित प्रमुख प्रशासकीय अधिकृतको एकैपटक जिम्मेवारी रद्द गरेपनि उनलाई बहुदरमाई नगरपालिकामा निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । मन्त्री गुप्ताका स्वकिय सचिव रहेका तथा बहुदरमाई नगरपालिकाका मेयरका प्रत्यासी समेत रहेका शिव पटेलको स्वार्थमा उनलाई बहुदरमाई नगरपालिकामा ल्याइएको थियो । उनी आएलग्तै पटेल सक्रिय भएका थिए ।
बहुदरमाई नगरपालिकामा हाजिर भएका उनी यस नगरपालिकामा पनी एक एक संस्थालाई ६५ लाखसम्म कार्यदेश दिएका छन् । भने विभिन्न व्यक्तिहरुलाई नियुक्ती समेत बाडेको स्रोतले जनाएको छ ।
सम्बन्धीत समाचार
पोखरिया नगरपालिकामा अख्तियारको छापा, विभिन्न योजना र खरिद प्रक्रियामा अनियमितता
बहुदरमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव अख्तियारको नियन्त्रणमा
अख्तियारद्वारा पाेखरिया नगरपालिकाका जिन्सी तथा प्रशासन प्रमुख संदिप साह पक्राउ
पोखरिया नगरपालिकामा प्रशासकिय अधिकृतकाे पुन सरूवा, अवैध भुक्तानी गर्न नमान्दा टिक्न दिदैनन् मेयर
समाचार लेखेको विरुद्धमा पत्रकारका बाबुमाथि आक्रमण, प्रशासकीय अधिकृत अजय श्रीवास्तव सहित दुईजना पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
फेसबुक स्टाटस र समाचार देखि अदालतसम्म : पत्रकार र अधिकृतबीचको कानुनी द्वन्द्व, दुवैकाे आ–आफ्नै दाबी
भिडियाे सामाग्री