चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा वीरगञ्ज भन्सार नाका हुँदै करिब रु १ खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
डिजेल, पेट्रोल, एलपिजी ग्यास, एभिएसन टर्बाइन फ्युल ९एटिएफ० र मट्टितेलजस्ता पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका हुन् । यद्यपि, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा पेट्रोलियम आयातको कुल मूल्य रु १ अर्ब ६ करोडले घटेको भन्सार तथ्यांकले देखाउँछ। मूल्य घटे पनि त्यसबाट संकलन हुने राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट संकलित राजस्व ११ ।६६ प्रतिशतले बढेर रु ७३ अर्ब १८ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यो राजस्व रु ६५ अर्ब ५४ करोड थियो ।
भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार वीरगञ्ज नाका हुँदै सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट नै संकलन भएको हो ।
सवारीसाधनको आयातपछि राजस्वको प्रमुख स्रोत यही हो । यस अवधिमा रु ८९ अर्ब ७६ करोड मूल्य बराबरको १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा परिमाणमा बढे पनि मूल्यमा केही गिरावट आएको हो । गत वर्षको सोही अवधिमा नौ लाख २१ हजार २७५ किलोलिटर डिजेल रु ९३ अर्ब ६३ करोडमा आयात भएको थियो । यस वर्ष डिजेलबाट रु ४१ अर्ब ३ करोड राजस्व उठाइएको छ, जुन अघिल्लो वर्षको रु ३६ अर्ब ४ करोडभन्दा बढी हो ।
पेट्रोलको आयात पनि केही बढेको छ। चालु आवको ११ महिनामा चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल रु ३५ अर्ब ३४ करोडमा आयात भएको छ । अघिल्लो वर्ष यो परिमाण तीन लाख ६१ हजार ७२७ किलोलिटर थियो । पेट्रोलबाट रु २३ अर्ब ३८ करोड राजस्व संकलन गरिएको छ ।
त्यस्तै, एलपिजी ग्यासको आयात गत वर्षको तुलनामा मूल्य र परिमाण दुवैमा वृद्धि भएको देखिन्छ । २९ करोड १४ लाख किलो ग्यास आयात भई रु ३३ अर्ब ३५ करोड खर्च भएको छ । गत आवमा यो परिमाण २५ करोड ७९ लाख किलोग्राम र मूल्य रु २७ अर्ब ७१ करोड थियो। यस वर्ष एलपिजीबाट रु ६ अर्ब २४ करोड राजस्व संकलन भएको छ ।
विमान इन्धन ९ एटिएफ० र मट्टितेलको आयात भने केही घटेको छ । एटिएफको आयात रु १५ अर्ब ३ करोडमा सीमित भएको छ भने गत वर्ष यो रु १७ अर्ब ११ करोड थियो । मट्टितेलको आयात पनि ६ हजार ७३० किलोलिटर मात्र भएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो ।
राजस्व संकलनको सन्दर्भमा एटिएफबाट रु २ अर्ब ३५ करोड र मट्टितेलबाट रु १६ करोड प्राप्त भएको छ ।
वीरगञ्ज नाकाबाट हुने इन्धन आयातको अवस्था हेर्दा नेपालमा पेट्रोलियम पदार्थप्रतिको निर्भरता अझै उच्च रहेको स्पष्ट देखिन्छ । मूल्य घटे पनि माग स्थिर रहेकाले राजस्वमा वृद्धिको संकेत देखिएको विश्लेषण गरिएको छ ।