नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि काठमाडौं गुर्खाजले कप्तान करण केसीसहित ६ खेलाडी रिटेन गरेको छ । टिमले सामाजिक सञ्जालमार्फत रिटेन गरिएको खेलाडीको सूची सार्वजनिक गरेको हो ।
रिटेन गरिएका खेलाडीमा कप्तान करण केसी, भीम सार्की, शाहव आलम, दीपेश कंडेल, रसिद खान, र प्रतीक श्रेष्ठ छन् ।
यसपटक कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल, र विवेक केसी लाई रिलिज गरिएको छ ।
यसअघि सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स र चितवन राइनोज टिमहरूले पनि ६–६ खेलाडी रिटेन गरिसकेका छन् ।