आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा वीरगंज महानगरपालिकाको नगर प्रमुखका लागि कस्तो उम्मेदवार आवश्यक छ भन्ने बहस सुरु भएको छ ।
वीरगंज मुलुककै प्रमुख औद्योगिक तथा व्यापारिक शहर भएकाले महानगरको नेतृत्वका लागि शहरी व्यवस्थापन, पूर्वाधार विकास, उद्योग–व्यापार, शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन तथा वातावरणका विषयमा स्पष्ट दृष्टिकोण भएको उम्मेदवार आवश्यक रहेको नागरिकस्तरमा चर्चा हुन थालेको छ ।
वीरगंजमा सडक, नाला तथा ढल व्यवस्थापन, ट्राफिक समस्या, खानेपानी, फोहोर व्यवस्थापन र सिर्सिया नदीको प्रदूषण लामो समयदेखि चर्चामा रहेका विषय हुन्। यस्ता समस्याको दीर्घकालीन समाधानका लागि योजना निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन गर्न सक्ने नेतृत्व आवश्यक पर्ने बहस भइरहेको छ।