शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
  • गृहपृष्ठ
  • क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
आइतबार, असोज ११, २०८३
A1 Beakery Add A1 Beakery Add

क्रियाशील युवा पत्रकार मञ्च नेपालमा १० जना पत्रकार औपचारिक रूपमा आबद्ध भएका छन्। वीरगञ्जस्थित क्लासिक बैंकेट होटलमा आइतबार आयोजित कार्यक्रममा नवआबद्ध पत्रकारहरूलाई संस्थामा औपचारिक रूपमा स्वागत गरिएको हो।

संस्थामा आबद्ध हुने पत्रकारहरूमा अभिलाष गुप्ता, रश्मिराज भण्डारी, सन्तोष कुशवाहा, अर्जुन चौधरी, प्रतीक्षा श्रेष्ठ, पूजा महतो, जितेन्द्र साह, भगवानप्रसाद कुर्मी (कुणाल), पुनम चौधरीलगायत रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछानेले नवआबद्ध पत्रकारहरूलाई गम्छा तथा टीका लगाएर प्रमाणपत्र प्रदान गर्दै संस्थामा स्वागत गरेका थिए।

लामिछानेले क्रियाशील युवा पत्रकार मञ्च नेपालले औपचारिक कार्यक्रम आयोजना गरी पत्रकारहरूलाई खुला रूपमा संस्थामा आबद्ध गराएकोमा संस्थाका अध्यक्ष आनन्द पटेल र महासचिव राकेश कुमार साहलगायत सम्पूर्ण टोलीलाई धन्यवाद दिए।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनले सरकारले लोककल्याणकारी विज्ञापनमा अंकुश लगाएको विषयमा नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रलाई आर्थिक रूपमा कमजोर बनाउने गतिविधिप्रति गम्भीर आपत्ति जनाए। पत्रकारितामा प्रविधिको प्रयोग बढ्दै गए पनि खोजमूलक तथा अनुसन्धानात्मक समाचार उत्पादनमा कमी आउन नदिन पत्रकारहरू सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

पत्रकारहरूले प्रविधिको सहजतासँगै अनुसन्धानात्मक पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै लामिछानेले तथ्यमा आधारित तथा जनसरोकारका विषयमा खोजमूलक समाचार लेख्न आग्रह गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले पत्रकारितामा देखिएका चुनौती, सञ्चारमाध्यमको आर्थिक अवस्था तथा पत्रकारहरूले भोग्दै आएका विभिन्न समस्याबारे धारणा राखे। उनले पत्रकारहरूको व्यावसायिक सुरक्षा, श्रमको सम्मान र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकारहरूबीच सहकार्य आवश्यक रहेको बताए।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले क्रियाशील युवा पत्रकार मञ्चको कार्यक्रममा पत्रकारितासँग सम्बन्धित महत्वपूर्ण विषयहरू उठाइएको भन्दै महासंघले संस्थासँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

समाजवादी प्रेस संगठन नेपालका मधेस प्रदेश अध्यक्ष मनोज पटेलले नवआबद्ध पत्रकारहरूलाई बधाई दिँदै पत्रकारहरू विभिन्न क्षेत्रबाट दबाब र घेराबन्दीमा पर्ने गरेको बताए। सरकार, व्यापारी तथा स्थानीय तहलगायत विभिन्न पक्षबाट आउने दबाबका बीच पत्रकारहरूले एकताबद्ध भएर आफ्नो पेशागत अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउनुपर्ने उनको भनाइ थियो।

प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगरले नवआबद्ध पत्रकारहरूलाई शुभकामना दिँदै पत्रकारितामा देखिएका चुनौती सामना गर्न पत्रकारहरूबीच एकता, सहकार्य र व्यावसायिक दक्षता आवश्यक रहेको बताए। उनले नयाँ पुस्ताका पत्रकारलाई निरन्तर सिक्दै तथ्यमा आधारित पत्रकारितालाई प्राथमिकता दिन आग्रह गरे।

संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार प्रताप श्रेष्ठले पत्रकारहरू अहिले विभिन्न प्रकारका दबाब र घेराबन्दीमा परेको बताए। उनले पत्रकारिताको स्वतन्त्रता, विश्वसनीयता र पेशागत सुरक्षाका विषयमा गम्भीर बहस आवश्यक रहेको उल्लेख गरे। पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को प्रयोग बढेसँगै पत्रकारितामा नयाँ चुनौती थपिएको भन्दै त्यसलाई अवसरका रूपमा उपयोग गर्दै पत्रकारहरूले आफ्नो मौलिकता, तथ्य जाँच तथा खोजमूलक क्षमतालाई अझ बलियो बनाउनुपर्ने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव तथा प्रेस युनियनका अध्यक्ष विजय चौहान, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भुकुमार सुमन, पत्रकार जगत राई, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, महासचिव अमित आलोक, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, समाजसेवी प्रकाश उपाध्याय तथा संस्थाका निवर्तमान अध्यक्ष प्रणय साहलगायतले शुभकामना मन्तव्य राखेका थिए।

नवआबद्ध पत्रकार पूजा महतोले नयाँ कुरा सिक्ने, अनुभवी पत्रकारहरूसँग सहकार्य गर्ने तथा समूहमा काम गर्ने उद्देश्यले संस्थामा आबद्ध भएको बताइन्।

कार्यक्रम संस्थाका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष वीरेन्द्र साहले स्वागत मन्तव्य राखेका थिए भने महासचिव राकेश कुमार साहले कार्यक्रमको सहजीकरण गरेका थिए।

कार्यक्रममा संस्थाका सचिव ओमप्रकाश सराफ, कोषाध्यक्ष उपेन्द्रकुमार बरै, सदस्यहरू सुनिल ओझा, आदित्य शर्मा, कन्हिया बर्नवाल, उपेन्द्र पटेल, मुकेश यादव, अर्जुन पण्डित, अरुण साह, आरोहण साहलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १८:१३
#नेपाल पत्रकार महासंघ #सम्मान कार्यक्रम #प्रमाणपत्र वितरण #क्रियाशील युवा पत्रकार मञ्च नेपाल #वरिष्ठ पत्रकार प्रताप श्रेष्ठ
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप
वीरगंजमा धुमधामका साथ मनाइयो गुरु नानक देवजीको ५५७औँ जन्मजयन्ती
वीरगंजमा धुमधामका साथ मनाइयो गुरु नानक देवजीको ५५७औँ जन्मजयन्ती मंगलबार, मंसिर ८, २०८३
चौधरी घरानाको हिमालयन ब्रुअरीले साना व्यवसायीलाई आर्थिक संकटमा धकेले, न्यायका लागि भौँतारिँदै साच्छी डिस्ट्रीब्युटर्स (भिडियो रिपोर्ट सहित)
चौधरी घरानाको हिमालयन ब्रुअरीले साना व्यवसायीलाई आर्थिक संकटमा धकेले, न्यायका लागि भौँतारिँदै साच्छी डिस्ट्रीब्युटर्स (भिडियो रिपोर्ट सहित) मंगलबार, मंसिर ८, २०८३
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त सोमबार, मंसिर ७, २०८३
छपकैयाका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा सहयोग
छपकैयाका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा सहयोग सोमबार, मंसिर ७, २०८३
११ वर्षदेखि अलपत्र वीरगंज–२३ को सिर्सिया खोलाकाे पुल निर्माणले लियो गति, एक वर्षभित्र सम्पन्न गर्ने सडक डिभिजनको लक्ष्य (भिडियो रिपोर्ट सहित)
११ वर्षदेखि अलपत्र वीरगंज–२३ को सिर्सिया खोलाकाे पुल निर्माणले लियो गति, एक वर्षभित्र सम्पन्न गर्ने सडक डिभिजनको लक्ष्य (भिडियो रिपोर्ट सहित) सोमबार, मंसिर ७, २०८३
पर्सा निकुञ्जमा वन्यजन्तुलाई पानीको संकट, कृत्रिम पोखरी निर्माण
पर्सा निकुञ्जमा वन्यजन्तुलाई पानीको संकट, कृत्रिम पोखरी निर्माण सोमबार, मंसिर ७, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
बालविवाह अन्त्य गर्न सामाजिक सोच र व्यवहार परिवर्तन आवश्यक
बालविवाह अन्त्य गर्न सामाजिक सोच र व्यवहार परिवर्तन आवश्यक वीरगंज सिटी
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा धुमधामका साथ मनाइयो गुरु नानक देवजीको ५५७औँ जन्मजयन्ती
वीरगंजमा धुमधामका साथ मनाइयो गुरु नानक देवजीको ५५७औँ जन्मजयन्ती वीरगंज सिटी
चौधरी घरानाको हिमालयन ब्रुअरीले साना व्यवसायीलाई आर्थिक संकटमा धकेले, न्यायका लागि भौँतारिँदै साच्छी डिस्ट्रीब्युटर्स (भिडियो रिपोर्ट सहित)
चौधरी घरानाको हिमालयन ब्रुअरीले साना व्यवसायीलाई आर्थिक संकटमा धकेले, न्यायका लागि भौँतारिँदै साच्छी डिस्ट्रीब्युटर्स (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP