लगातार भइरहेको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह निरन्तर बढिरहेको छ ।
जलाशयमा अधिकतम १ हजार ५३० मिटरसम्म पानी भण्डारण गर्न सकिने क्षमता रहेकोमा हाल पानीको सतह १ हजार ५२६ दशमलव ११ मिटर पुगेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइनेछ ।
पानीको सतह थप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जलाशय तथा आसपासका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।
केन्द्रले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दा तथा सम्बन्धित सबैलाई सुरक्षित रहन र आवश्यक सतर्कता