द्दजापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोलीले विजयी शुरूआत गरेको छ ।
नेपाली टोलीले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय दुई रनमात्र बनाउन सक्यो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले ओभरमा केवल ५ विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।
नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हराएको हो ।
यसअघि, सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकपका क्रममा नेपालले बंगलादेशलाई नौ रनले हराएको थियो ।