पर्सा जिल्लामा जनमत पार्टीले आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको छ । यही क्रममा वीरगञ्ज महानगरपालिका–२७, कुहडीमा आयोजित एक कार्यक्रममा विभिन्न दल परित्याग गरी सयभन्दा बढी युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संघीय उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहा प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनको उपस्थितिमा सम्पन्न कार्यक्रममा हरि यादव, धुपलाल महतो, सन्दीप यादव, बिटु यादव, बिरेन्द्र यादव, बिपिन यादव, बिकास यादव, रन्जित यादव, मुना अन्सारी, अनिल पासवान, चन्देश्वर साह, असलम अन्सारी, जितेन्द्र मण्डल, जयकिशन पटेललगायत युवाहरूले पार्टी प्रवेश गरेका हुन् ।
वडा इकाई समिति अध्यक्ष बिराजु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रीय सदस्यहरू बिध्यालाल प्रसाद, रम्भा मिश्र, नजमा खातुन, राजेश चौरसिया, वीरगञ्ज महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, युवा अध्यक्ष सञ्जय सिंह, इन्जिनियर राजुराज गिरीलगायत नेताहरूले जनमत पार्टी नै देशको एक मात्र वैकल्पिक शक्ति भएको बताएका थिए ।
नेताहरूले युवाहरूको सक्रिय सहभागिताले संगठनलाई बलियो बनाएको भन्दै सबैलाई पार्टीमा गोलबन्द हुन अपिल गरेका थिए ।
कार्यक्रममा प्रदेश सदस्यहरू ब्रीजेस्वर चौधरी, राजनारायण मिश्र, क्षेत्रीय संयोजकहरू गगनदेव यादव, डा. मनोज सरार्फ, देवराज सरार्फ, महिला संयोजक अन्जना गुप्ता, दलित संयोजक नरेश राम, युवा नेता धिरेन्द्र पञ्जियार, महानगर सचिव लोकेश कर्ण, सिकेन्द्र राम, हिरालाल राम, विद्यार्थी नेता अभिषेक झा, अनिता रामलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।