राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगञ्जमा हस्ताक्षर अभियान सुरु गरेको छ ।
रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै त्यसको विरोधमा आम जनताको हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन गरिएको हो ।
वीरगञ्जको घन्टाघरमा आजबाट सुरु भएको हस्ताक्षर अभियानको नेतृत्व रास्वपा पर्साका सभापति हरि पन्तले गरेका छन् । पन्तका अनुसार वीरगञ्जका जनताले स्वस्फूर्त रूपमा हस्ताक्षर गरेर अभियानको समर्थन जनाएका छन् । उनले भने, “नेपाली जनताले मुलुकको पछिल्लो राजनीतिक अवस्था नजिकबाट नियालिरहेका छन्, हामीले धेरै भन्नै परेन ।”
सभापति पन्तका अनुसार वीरगञ्जका सर्वसाधारणले स्वस्फूर्त रुपमा हस्ताक्षर गर्दै अभियानको अपनत्व लिएका छन् । “जनताले देशको पछिल्लो राजनीतिक अवस्था गहिरो रूपमा बुझेका छन्,” पन्तले भने, “अब त जनतालाई केही भन्नै पर्दैन, उनीहरू आफैँ आवाज उठाइरहेका छन् ।”
रास्वपाले प्रधानमन्त्रीसहित सत्तारूढ गठबन्धनलाई लक्षित गर्दै पार्टी सभापति रवि लामिछानेमाथि मुद्दा लगाउनु पूर्वनियोजित राजनीतिक षड्यन्त्र भएको आरोप लगाउँदै आएको छ । हस्ताक्षर अभियानमार्फत त्यसविरुद्ध जनमत संग्रहको प्रयास गरिएको रास्वपा नेताहरूको भनाइ छ । रास्वपा ठोरीका सभापति माधव बस्नेतका अनुसार यो अभियान केही दिनसम्म वीरगञ्जमा सञ्चालन हुनेछ ।
रास्वपाले यसअघि पर्साकै बहुदरमाई नगरपालिकामा पनि यस्तै हस्ताक्षर अभियान सञ्चालन गरिसकेको छ ।