भारतको नोएडामा सम्पन्न मिक्स्ड मार्शल आर्ट्स (एमएमए) प्रतियोगिता ‘म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७)’ मा च्याम्पियन बनेका नेपाली फाइटर रविन्द्र ढाँटलाई सखुवा प्रसौनी गाउँपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मानित गर्ने घोषणा गरेको छ ।
भारतका पाँच पटकका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियन बनेका ढाँट एमएफएनको उपाधि जित्ने पहिलो नेपाली फाइटर पनि हुन् । २९ वर्षीय ढाँट लामो समयदेखि मिक्स मार्शल आर्ट्समा सक्रिय छन् । सुरुवाती दिनमा आर्थिक अभाव, तालिम र उचित अवसरको अभावका बाबजुद उनले निरन्तर अभ्यास जारी राखे । फलस्वरुप आज विश्वभर आफ्नो नाम उच्च राख्न सफल भएका हुन् । भारतमै कोरेनलाई हराउँदै ऐतिहासिक जित दिलाएका ढाँटलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गर्न लागिएको गाउँपालिका अध्यक्ष यशवन्त यादवले जानकारी दिएका छन् ।
“नेपालको गौरव बढाउने ढाँटलाई सोमबार साँझ गाउँपालिकाको आयोजनामा नगद १ लाख रुपैयाँसहित सम्मानित गर्ने निर्णय गरिएको छ,” अध्यक्ष यादवले भने, “यदि कुनै कारणले उहाँ यहाँ आउन सक्नु भएन भने हामी काठमाडौं मै गई उहाँलाई सम्मानित गर्नेछौं ।”
उनले खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै उनीहरूको मनोबल उच्च राख्न सरकार र स्थानीय तहले आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिए । अध्यक्ष यादवका अनुसार ढाँटको जितले न हामीलाई मात्र नभई समग्र देशकै प्रतिष्ठा बढाएको छ । ढाट मात्र नभई अन्य देशका कुनैपनी भुभागका खेलाडीहरूलाई समेत श्राेत साधनले भ्याएसम्म प्राेत्साहन गरिने बताए ।
ढाँटको यो ऐतिहासिक जितपछि नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय रंगमञ्चमा अघि बढ्न थप प्रेरणा मिल्ने अपेक्षा हाम्राे रहेकाे गाउँपालिका अध्यक्ष यशवन्त यादवले बताए ।
भिडियाे सामाग्री