पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साहलाई ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
घटना यही साउन २१ गते विहानको हो । प्रहरीका अनुसार, बालिका बाख्रा चराउँदै गर्दा साहले रु.१० को नोट देखाएर प्रलोभनमा पारी, उनलाई जंगलतर्फ लगेर करणी गरेका हुन् । पीडित पक्षले दिएको जाहेरीका आधारमा त्यही दिन दिउँसो ३ बजे उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पीडित बालिकाका अभिभावकले साह विरुद्ध ठोरी गाउँपालिका–२ तिनघरेस्थित जंगलमा जबरजस्ती करणी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गरेका थिए ।
पक्राउ परेका साहलाई बिहीबार पर्सा जिल्ला अदालतबाट म्याद थप गराई तीन दिनका लागि हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री