रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार पुगेको छ ।
उनलाई भेट्न आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीलगायतको टोली कारागार पुगेको हो ।
पछिल्लो समय रवि लामिछानेको कारगार बसाइबारे बिभिन्न समाचारहरु बाहिरिएपछि आयोगको टोली अनुगमनको लागि पुगेको हो ।