काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भई फरार रहेका कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने तथा रुकुम पश्चिम, बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत पक्राउ परेका छन् ।
एनसिबी अबुधाबी (युएई) को समन्वयमा युएईमा पक्राउ परेका बस्नेतलाई सोमबार नेपाल फिर्ता ल्याइएको हो । उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नका लागि नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
मानव बेचबिखन मुद्दामा संलग्न रहँदै फरार रहेका बस्नेतविरुद्ध इन्टरपोल महासचिवालयमार्फत २०८१ पुस ११ गते रेड नोटिस जारी गरिएको थियो। यो नोटिस एनसिबी काठमाडौंको अनुरोधमा जारी भएको हो ।
बस्नेतलाई हाल सम्बन्धित कसूरअनुसार कानुनी कारबाही अघि बढाउन मानव बेचबिखन ब्यूरो पठाइएको प्रहरीले जानकारी दिएको छ ।
भिडियाे सामाग्री