वीरगंज | नेपाली कांग्रेस पर्साले वीरगंजमा हुने कार्यक्रममा सहभागी हुन आउन लागेको कांग्रेस महामन्त्री गगन थापालाई स्वागत गर्न शनिबार सिमरा विमानस्थलमा पार्टीका नेताकार्यकर्तालाई उपस्थित हुन आह्वान गरेको छ ।
शनिबार स्व. प्रदीप गिरिको स्मृति दिवसको अवसरमा वीरगंजमा आयोजना हुने कार्यक्रममा महामन्त्री थापा सहभागी हुने कार्यक्रम छ ।
वीरगंजस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको पर्सा जिल्ला कार्य समितिको बैठकले बिहान १० बजे सिमरा विमानस्थलमा पुगेर गगन थापालाई स्वागत गर्न पार्टीका नेताकार्यकर्तालाई आह्वान गरेको हो । बैठकले अपरान्ह ३ बजे पार्टी कार्यालयमा महामन्त्री थापासँग कार्यकर्ता भेला कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा कांग्रेस पर्साका सभापति एवं मधेस प्रदेशका भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्गटा र गुरु बराल, जिल्ला उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव तथा वीरगंज महानगरका उपमेयर इम्तियाज आलम, जिल्ला सचिव दिनेश चौधरी, जिल्ला प्रवक्ता रमेश पाण्डे, जिल्ला कोषाध्यक्ष प्रेम थापा लगायत सहभागी थिए ।
कांग्रेस पर्साका प्रचार प्रसार प्रमुख धर्मेन्द्र कुमार पटेलले जानकारी दिएका छन् ।
भिडियाे सामाग्री